जुजु धौ व्यवसायीमाथि कारबाहीको माग
बैशाख २३, २०८२, मङ्गलबार | दिउँसो ०२:०६ बजे | 70
भक्तपुर । जुःजु धौमा संका उत्पन्न भएपछि भक्तपुर नगरपालिका वडा नं १ निवासी उपभोक्ता असोक किलम्बुले दही व्यवसायीमाथि कारबाहीको माग गरेका छन् । मंगलबार दही व्यवसायीको घर पुगेका उनले पत्रकारहरुसँंग छानबिन गरी दोषि देखिए कारबाही गर्न माग गरेका हुन् । भेटघाटमा जुजु धौ व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णगोपाल सैंजू दही बिक्रेता लक्ष्मी लक्ष्मीप्रसाद दुवालको पनि उपस्थिति थियो ।
किलम्वुले उक्त विग्रेको दही भक्तपुर नगरपालिका बजार अनुगमन शाखाका प्रमख एवं भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोरालाई बुझाएको बताए ।