पत्रकार बिनु सुवेदीसहित चार जना स्रष्टाहरू सम्मानित


बैशाख २०, २०८२, शनिबार | दिउँसो ०१:३६ बजे | 135


पत्रकार बिनु सुवेदीसहित चार जना स्रष्टाहरू सम्मानित

काठमाडौं, २० वैशाख । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले एघारौं सम्मान तथा पुरस्कार अन्तर्गत पत्रकार बिनु सुवेदीसहित चार जना स्रष्टाहरू नगधसहित सम्मानित भएका छन् । प्रतिष्ठानले १ लाख १ हजार एक सय ११ रुपैयाँ नगद राशिसहितका पत्रकार बिनु सुवेदीसहित चार जना स्रष्टाहरूलाई सम्मान पत्रसहित समारोह वीच सम्मान गरेकाे हाे । कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले सम्मानित हुनेहरूलाई सम्मान पत्रसहित नगद राशिबाट पुरस्कृत गर्नुभएकाे छ । सम्मानित हुनेहरूमा एकल महिलाहरुको मानव अधिकारको सुनिश्चितता गरिरहेका संस्था एकल महिला समूह (डब्ल्यु.एच.आर.) काठमाडौँलाई राष्ट्रिय आदर्श आमा पुरस्कार, पत्रकारितामा विद्यमान पितृसत्तात्मक शोच तथा लैगिंकताको दृष्टिकोणबाट १५ वर्षको कलिलो उमेरदेखि राजनीतिक बिटको पत्रकारितामा सकृय पत्रकार बिनु सुवेदीलाई राष्ट्रिय पत्रकारिता पुरस्कारसहित नगध १ लाख १ हजार एक सय ११ रुपैयाँ र लैगिंक सामाजिकिकरणका कारण बाल्यकाल देखि नै बालक र बालिकाहरूलाई गरिने विभेद युक्त सामाजिक तथा पारिवारिक व्यवहारमा सन्तुलन ल्याउन सामुदायिक स्तरमा सञ्चालन गरेका सचेतनामूलक अभियानको लागि हेलम्बुकी सुश्री सदिच्छा पण्डित तथा कलिलै उमेरमा सकारात्मक सोचलाई प्रवर्द्धन गर्दै निबन्ध, कविता, कथा, नाटक र पत्रकारितामा कलम चलाइरहनु भएका नवलपरासीका सर्जक त्रिदेव पौडेललाई १ लाख १ हजार एक सय ११ रुपैयाँ नगदसहित सम्मान गरेकाे हाे । उक्त अवसरमा प्रमुख अतिथि उपसभामुख रानाले आफूसमेत प्रतिष्ठानको यस गौरादेवी ओली स्मृति पुरस्कारबाट सम्मानित भएको क्षणको स्मरण गर्दे प्रतिष्ठानले समाजमा सकारात्मक अभ्यासको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नु भएको थियो । कार्यक्रमालाई गौरा देवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट पुरस्कृत डब्लु. एच.आर. की संस्थापक एवं राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापा, 'अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार' बाट पुरस्कृत पत्रकार बिनु सुवेदी, 'देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार' बाट पुरस्कृत सदिच्छा पण्डित र त्रिदेव पौडेलले पनि मन्तव्य राख्नु भएको थियो । उक्त सम्मान तथा पुरस्कार समर्पण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गङ्गा प्रसाद ओलीको सम्पन्न भएको थियाे

Comments