औलो दिवसका अवसरमा भक्तपुरका पत्रकारहरुसँंग गरियो अन्तक्र्रिया 


बैशाख १२, २०८२, शुक्रबार | दिउँसो ०२:२५ बजे | 80


औलो दिवसका अवसरमा भक्तपुरका पत्रकारहरुसँंग गरियो अन्तक्र्रिया 

भक्तपुर । विश्व औलो (मलेरिया) दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । यस रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ ।
यस वर्ष ‘औलो हटाउन तयार छौ’ नाराका साथ यो दिवस मनाइएको हो । यही अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुसँंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा कार्यालय प्रमुख अन्जना खड्काले नेपालमा सन् २०२५ सम्म औलो उन्मुलन गरिसक्ने योजना रहे पनि सफल नभएपछि सन् २०३० सम्ममा औलो उन्मूलन गर्ने योजना रहेको जानकारी गराइन् । 
‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ । विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाच वर्षमुनिका बालबालिका धेरै छन् ।
सन् २०१६ मा मात्र विश्वका करिब ९१ वटा देशका २१६ मिलियन व्यक्ति औलोबाट प्रभावित भएका थिए । करिब ४ लाख ४५ हजार (४४५०००) मानिसको मृत्यु औलो सम्बन्धि रोगका कारण भएको थियो । नेपालमा पनि औलो रोगका कारण गत वर्ष ५४१ जना प्रभावित बनेका थिए । विशेषगरी, खुला बोर्डरका कारण झण्डै ४५ प्रतिशतको हाराहारीमा भारतबाट भित्रिने यो रोग संक्रमिट लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ ।
यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका रहने गरेका छन् ।
संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ ।
नेपालमा बर्सेनि करिब एक हजारको हाराहारीमा प्रयोगशालाबाट प्रमाणित औलो रोगी भेटिन्छन् । यो रोग वर्षायाम सुरु भएसँगै अप्रिलबाट सुरु हुन्छ । र, जुलाई देखि नोभेम्बर उच्च विन्दुमा रहन्छ ।

Comments