तेमाल स्वास्थ्य चौकीमा दुईदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न


बैशाख १२, २०८२, शुक्रबार | दिउँसो १२:४७ बजे | 90


नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, ख्वप तिलगंगा आँखा अस्पताल र तेमाल गाउँपालिकाको संयुक्त आयोजना तथा क्युर ब्लाइन्डनेस प्रोजेक्ट र गुडविजनको सहयोगमा २०८२ वैशाख ११ र १२ गते तेमाल गाउँपालिकाको पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ।

ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डाक्टर सुदीप राजभण्डारीको नेतृत्वमा आँखा शिविर सञ्चालन भएको थियो। शिविरबाट ६९ जना मोतिबिन्दुका बिरामी, दुईजना आँखामा मासु पलाएका बिरामीहरू र १ जनाको आँखाको परेलाको शल्यक्रिया गरि लाभान्वित भएको जानकारी अस्पतालका इन्चार्ज धिरज अधिकारीले बताउनुभयो।

शल्यक्रिया सम्पन्न भएका सम्पूर्ण बिरामीहरूलाई पुनः फलोअप गर्नको लागि वैशाखको २१ गते आइतबार पोखरी नारायणस्थान अवस्थित तेमाल ग्रामीण आँखा केन्द्रमा आउनको लागि आह्वान गरिएको छ। शिविर पश्चात शल्यक्रिया गरेको आँखामा राख्ने औषधि सफा गर्ने कपास सहित कालो चस्मा पनि निःशुल्क वितरण गरिएको छ

Comments