स्वास्थ्यमन्त्रीले दिए मानव अंग प्रत्यारोपण केन्द्रलाई अन्तै लाने चेतावनी
बैशाख ११, २०८२, बिहीबार | विहान ११:४२ बजे | 150
भक्तपुर । स्वास्थ्यमन्त्री प्रदीप पौडेल भक्तपुर दूधपाटीमा रहेको शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरलाई स्थानान्तरण गर्न जग्गा दिने भए दिनू नभए अन्तै लाने चेतावनी दिएका छन् ।
शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरको बिहीबार भक्तपुरमा भएको १३ औं वार्षिकोत्सवको उदघाटन गर्दै मन्त्री पौडेल जग्गा नदिने भए अरु धेरैतिरबाट प्रस्ताव आएकाले त्यतैतिर सार्न लाने चेतावनी दिए ।
हाल भक्तपुर अस्पतालभित्र रहेको अस्पताललाई लामो समयदेखि जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा जग्गा दिने भनेर प्रक्रिया चल्दै आएको छ । तथापि यो प्रक्रिया अनेक कारणले पूरा हुन सकेको छैन ।
कार्यक्रमका अतिथि वागमती प्रदेशका सांसद् एवं भक्तपुरको चांँगुनारायण क्षेत्रबाट निर्वाचित प्रदेश सांसद् श्रेष्ठले चाँंगुनारायण नगरपालिकाले झौखेलबाहेक पनि सुडालको ३५ रोपनी १२ आना पर्ति जग्गा अस्पताललाई दिने निर्णय चाँंगुनारायण नगरपालिकाले गरिसकेको जनाए । तथापि यसलाई मन्त्रीपरिषद्मा लगेर त्यताबाट पास हुनुपर्ने उनले जनाए ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्याल, केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठलगायतले बोलेका थिए । साथै वर्ष उत्कृष्ट कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।