योगदान साकोसको २५ औं स्थापना सम्पन्न
बैशाख १०, २०८२, बुधबार | दिउँसो ०३:३१ बजे | 35
राम चन्द्र प्रजापति
बैशाख १० ।` एकको लागि सबै सबैको लागि योगदान ´ भन्ने उद्द्घोषका साथ २०५७ सालमा स्थापित योगदान बचत तथा ऋण सहकारी संस्था लि तौलाछें ९ भक्तपुरको संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुले २५ औं बार्षिकोत्वसवमा केक काटेर स्थापनाको दिन स्मरण गरियो। कार्यक्रममा संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुले योगदान सहकारी संस्थाले समुदायमा सहकारी संस्थाको माध्यमले आर्थिक सामाजिक सास्कृतिक रुपमा समाज बिकासमा अग्रनी भुमिका महत्वपूर्ण खेलेको बताउनु भएको छ। कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार राम चन्द्र प्रजापतिले योगदान साकोस स्थापनाका सपनाहरु उद्देश्यलाई साकार पार्न महिला नेतृत्वले पूरा गरेको बताउनु भएको छ। स सना पुजिलाई आर्थिक सामाजिक सांकृतिक रुपमा संस्थाले समाज बिकासमा योगदान पुर्याउन सफल संस्था योगदान सहकारी हो। तसर्थ सदस्यहरुको सदैब सेवा सुविधा आर्थिक पारदर्शिता सहकारीको सिद्धान्त मर्म र भावना अनुसार अगाडि बढन सकोस् भनि शुभकामना दिनु भयो।