हवेली दरवारको टोली किन आए भक्तपुर ?


बैशाख ९, २०८२, मङ्गलबार | दिउँसो ०२:५३ बजे | 150


हवेली दरवारको टोली किन आए भक्तपुर ?

भक्तपुर । चितवनको भतरपुर महानगरपालिकास्थित लेक ट्वाटी थाउजेन्ड फार्म एण्ड रिसोर्ट (एलटीके) हवेली दरवार चम्पानगरको एक टोली मंगलबार भक्तपुर पुगेको छ । उनीहरु भक्तपुर नगरपालिका वडा नं ९ तौलाछेंस्थित माटैमाटोले बनेको टेराकोटी घरमा पुगेर कदरपत्र दिन भक्तपुर पुगेका हुन् । 
हालसालै भतरपुर महानगरपालिकास्थित लेक ट्वाटी थाउजेन्ड फार्म एण्ड रिसोर्ट (एलटीके) हवेली दरवार चम्पानगरमा नाच प्रदर्शन गर्न आएबापत भक्तपुरको नाच टोलीलाई कदरपत्र दिन टोली भक्तपुर आएको हो । टोलीले मंगलबार भक्तपुर पुगेर विश्वकर्मा भैल प्याखं तौलाछे भक्तपुरका अध्यक्ष विष्णुप्रसाद प्रजापतिलगायतको टोलीलाई कदरपत्र वितरण गरेको हो । त्यस अनुसार टोलीलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । 
चितवनमा आएर नाच प्रदर्शन गरेबापत भतरपुर महानगरपालिकास्थित लेक ट्वाटी थाउजेन्ड फार्म एण्ड रिसोर्ट (एलटीके) हवेली दरवार चम्पानगरका सञ्चालक देवेन्द्रनाथ लोहनी, लासा नेपालका उपाध्यक्ष हरिभक्त महर्जनलगायतको टोली चितवनबाट मंगलबार भक्तपुर पुगेको थियो । टोलीमा नाट्यकर्मी महासंघ नेपालका संस्थापक अध्यक्ष विजय विस्फोटलगायतका पनि सहभागी थिए । 
कार्यक्रममा सहभागी टोलीलाई भक्तपुरमा विशेष स्वागत गरिएको थियो । साथै उनीहरुलाई भोज खुवाएर सम्मान गरिएको थियो । कार्यक्रममा विश्वकर्मा भैल प्याखं तौलाछे भक्तपुरका दुई तीन दर्जन सदस्यहरु पनि सहभागी थिए । भक्तपुरको नाच टोलीले फागुनमा चितवनमा पुगेर नाच देखाएको थियो । टोलीमा झण्डै चार दर्जन संख्याका नाच सदस्यहरु पुगेका थिए । 
 

Comments