सकियो नवौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव
भक्तपुर । मिति २०८१ साल चैत २८ गतेदेखि सुरु भएको नवौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सम्पन्न भएको छ । महोत्सव समापन समारोहमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले महोत्सवले राष्ट्रिय तथा अन्तर्र ाष्ट्रिय रुपमा उत्कृष्ट योगदान गरेको बताउँदै उपभोक्तालाई सहुलियत दिएको र स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत योगदान गरेको बताउनुभयो । एउटै थलोमा मनोरञ्जनपूर्व वातावरणका बीच उपभोक्ताले धेरै बस्तु तथा सेवा प्राप्त गरी लाभान्वित भएका उहाँले विश्वास व्यक्त गर्नुभयो । व्यवसायी र उपभोक्ता एकै रथका दुई पाङ्ग्रा भएका प्रष्ट पार्दै नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिका दुबैको अधिकार रक्षा गर्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि रहेका नेकपा एमाले जिल्ला कमिटि भक्तपुरका अध्यक्ष बचन देउजाले बिगत वर्षमा झैँ यस वर्ष पनि महोत्सवले आफ्नो उद्देश्य पूरा गरेकोमा सन्तोष व्यक्त गर्दै आगामी वर्ष पनि महोत्सव निरन्तरताको शुभकामना दिनुभयो । उक्त अवसरमा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख, नगरपालिका वडाध्यक्षहरु, आयोजक संस्थाका पदाधिकारी एवं सदस्यहरु, महोत्सव अवलोकनकर्ता, व्यवसायी र स्थानीयको उपस्थिति रहेको थियो भने ११ दिन सम्म चलेको उक्त महोत्सवमा भएको नृत्य प्रतियोगिताबाट पूर्णिमा बि.क प्रथम हुन सफल भएकी थिइन् । उनलाई सर्टिफिकेट, ट्रपिसहित रु. ३०,०००।–नगद पुरस्कार दिइएको थियो भने द्वितीय रतिस गिरीलाई सर्टिफिकेट, ट्रपिसहित रु. २०,०००।– र तृतीय सागर लामालाई सर्टिफिकेट, ट्रपिसहित रु. १०,०००।– नगद पुरस्कार दिइएको थियो ।
त्यस्तै कार्यक्रममा सांगितिक क्षेत्रमा आफ्नो ठूलो योगदान दिनुहुने संगीतकार सुवासचन्द्र ढुंगेललाई खादा लगाई सम्मान पत्र र नगद रु.५०००।–सहित सम्मान गर्नुको साथै सिद्धिस्मृति भक्तपुर फुटबल क्लबका खेलाडीलाई कदर पत्रसहित सम्मान गरिएको थियो । सल्लाघारीस्थित १०८ रोपनी चौरमा ११ दिन सम्म चलेको महोत्सवमा १ लाख भन्दा बढीले अवलोकन गरेको महोत्सवका संयोजक दिपक थापाले जानकारी दिनुभयो । बैशाख ८ गते सोमबार भक्तपुर विशेष सांगीतिक कार्यक्रम हुने भएको बताउँदै उहाँले सो कार्यक्रममा चर्चित गायक तथा कलाकारहरुको प्रस्तुति रहने पनि जानकारी दिनुभयो । साँझ ४ः३० बजे शुरू हुने कार्यक्रम एक सय रूपैयाँ मै हेर्ने व्यवस्था मिलाइएको छ ।
नयाँ वर्षको अवसरमा सञ्चालन भएको नवौं ‘भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव अन्तर्गत सो विशेष सांगीतिक कार्यक्रम हुन लागेको हो । औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार विशेष सांगीतिक कार्यक्रममा चर्चीत गायक जी बब र मिस्टर डीलगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।
भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइजब्याण्डले २०७२ सालदेखि महोत्सव आयोजना गर्दै आइरहेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । उहाँले सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएको र बढी भन्दा बढी भक्तपुरवासीको सहभागिता होस् भन्ने उद्देश्यले यस पटक टिकट मुल्य १००।– कायम गरिएको जानकारी समेत दिनुभयो ।