दुरदेखि भक्तपुर आउँदै दीप श्रेष्ठ


बैशाख ७, २०८२, आइतबार | दिउँसो १२:३३ बजे | 190


दुरदेखि भक्तपुर आउँदै दीप श्रेष्ठ

भक्तपुर । भक्तपुरमा दीप श्रेष्ठ सांगीतिक सांझ २०६२ हुने भएको छ । आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । 
भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सले संयुक्तमा भक्तपुरमा दीप श्रेष्ठ सांगीतिक सांझ आयोजना गर्ने भएको हो । नयाँ वर्षको अवसर पारेर २०८२ बैशाख २० गते शनिवार भक्तपुर सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा कार्यक्रम आयोजना हुनेछ । वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठको एकल प्रस्तुती रहने उक्त कार्यक्रम भक्तपुर जिल्लामा पहिलो पटक आयोजना हुन लागेको हो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी, पेशाकर्मी लगायत संगीत प्रेमीहरु गरी करिब १००० देखि १२०० को संख्यामा सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रममा सहभागिताका लागि प्रति व्यक्ति रु. १०००÷–, रु. १५००÷– र रु. २५००÷– को प्रवेश टिकट लाग्ने छ । कार्यक्रम स्थलमा विभिन्न उत्पादनहरु एवं विभिन्न परिकारका खानाका स्टलहरुसमेत रहने छन् ।
भक्तपुरमा पराम्परागत बाजागाजा, नाचगान एवं मौलिक सांस्कृतिक गतिविधिहरु निरन्तर हुदै आएता पनि ठूलाखाले सांगीतिक कार्यक्रमहरु कमै मात्र आयोजना हुने गर्दछ । आकलझुकल मात्रै आयोजना हुने गरेका केही सांगीतिक कार्यक्रमहरु पनि केवल युवा लक्षित मात्रै हुने गरेको पाइएको छ । यस अर्थमा वरिष्ठ गायक श्री दीप श्रेष्ठको कालजयी संगीतले युवादेखि वृद्धसम्मलाई मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ । आयोजकहरुबाट भक्तपुरमा अरुण थापा स्मृति सांझ, नारायण गोपाल स्मृति सांझ, दिपक खरेल साझ लगायत भक्तपुर सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव जस्ता ठूला कार्यक्रमहरु सञ्चालन गरिसकेका छन् ।
कार्यक्रममा भक्तपुर सांगीतिक सामाज अन्तर्गतका गायकहरुको समेत प्रस्तुती रहने छ । साथै कार्यक्रम मार्फत भक्तपुरमा सांगीतिक क्षेत्रलाई व्यवसायिक बनाउनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । भक्तपुर जिल्लामा संगीतको औपचारिक शिक्षण संस्थाको अभाव हुनुका साथै स्थानीय कलाकारहरुले व्यवसायिक कार्यक्रममा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त नभईरहेको अवस्थामा यस किसिमको कार्यक्रमले कलाकारहरुलाई व्यवसायिक बन्ने अवसर प्रदान गर्नेछ ।
कार्यक्रममा प्रत्यक्ष संगीतबाट प्रस्तुती हुनेछ । उक्त अवसरमा बरिष्ठ गायक दीप श्रेष्ठबाट १२ देखि १५ वटासम्म गीतहरु प्रस्तुत गर्नु हुनेछ । सो अवसरमा नेपाली संगीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरुको समेत सहभागिता रहने छ । कार्यक्रमको संयाजकका रुपमा भक्तपुर संगीतिक समाजका कार्यसमिति सदस्य रोशन धौभडेल रहनु हुने छ ।
 

Comments