‘भुलको बाटो’ सार्वजनिक


2025-04-17 02:28:40

News Image

जयराम बिडारी 


बैसाख ,काठमाण्डौ । समसामयिक विषयवस्तुमा आधारित लागु औषध तथा लागुपदार्थ दुर्ब्यसनी सम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो एक विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्य तथा चलचित्र विकास बोर्डका पूर्व सदस्य वरिष्ठ कलाकार उत्तम केसीको विशेष आतिथ्यमा गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, कलाकार पवन केसी , चलचित्र निर्देशक रामशरण कोइरालाको आतिथ्यमा भिडियो सार्वजनिक गरिएको सो समारोहमा अन्य कलाकार प्राविधिक तथा सेजल एण्ड सिस्टर फिल्मको आयोजनामा चलचित्र सम्बद्धहरुको बाक्लो उपस्थितिमा अनामनगरस्थित सिलौटो रेस्टुरेन्टमा आयोजित सो कार्यक्रम सम्पन्न गरिएको थियो । कुवेर तामाङको कुशल निर्देशनमा रामशरण उप्रेतीको छायांकन तथा मोनु खड्काद्रारा निर्माण गरिएको छ । टेकेन्द्र शाहद्वारा सम्पादित तथा किशोर थापाद्वारा प्रशोधन गरिएको उक्त गीति चलचित्रमा सरिता श्रेष्ठको शृंगार कौशल प्रस्तुत गरिएको छ । ए वान म्युजिसियनको स्टुडियोमा रेकर्डिङ र लाइमलाइट नेपालको तत्वावधानमा निर्मित दुर्ब्यसन विरुद्ध जनचेतना जगाउने गीति चलचित्र सन्तोषजनक रुपमा निर्माण गरिएको पाइन्छ । गीति चलचित्रमा सञ्जित भण्डारी,स्याडो रियल,रश्मि भट्ट,ऋचा थापा,दीपा शाही,आयुषा क्षेत्रीको कलाकारीता तथा स्याडो रियलको शब्द किरण भुजेलको गायन डिआरएस क्षेत्रीको संगीत र सुनिल राईको सम्योजन सुन्दर देखिन्छ । प्रमुख अतिथि राजु सिंहद्वारा पानसमा दीप प्रज्ज्वलित गरी कार्यक्रमको उद्घाटन गरिएको सो समारोहमाअभ्यागतहरु राष्ट्रिय सरीक भएका थिए ।पुष्कर सुनुवारबाट स्वागत गरिएको कार्यक्रममा भिडियो सन्देश मार्फत मेघ सुवेदीले कार्यक्रम सफलताको सुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै निर्देशक कुबेर तामाङले अग्रज तथा समकालीन कलाकार,प्राबिधिक हरुको साथ सहयोग र हौशलाले गर्दा चलचित्र निर्माणको काम सम्पन्न गर्न सकिएको बताए । उनले कर्म क्षेत्रमा ईमानदारीका लागि पर्दा जे जस्तो रुपमा चलचित्र निर्माण हुन सक्यो त्यसका कमजोरीका पाटाहरुमा समेत राय सुझावहरु प्राप्त हुन सकेमा आगामी दिनहरुमा अझै उत्कृष्ट काम गर्नका लागि बल मिल्ने भएकोले थप उपलब्धि हासिल गर्न सकिने विचार व्यक्त गरे । यसैगरि मन्तव्यका क्रममा वरिष्ठ कलाकार उत्तम केसीले प्रारम्भमा फोटोग्राफरको रूपमा चिनेका कुवेरजी सँग अब्बल निर्देशकको गुण समेत विद्यमान रहेको कुरा उनका वर्तमानको चलचित्र निर्देशनको क्षमताले प्रमाणित गरेको भन्दै थप उत्तरोत्तर प्रगतिका लागि समेत शुभकामना दिए । यस्तै गीतकार संघका अध्यक्ष तथा गीतकार बसन्त बित्यासी थापाले भुलेको बाटो गीतले सान्दर्भिक र समसामयिक बिषयलाई मार्मिक ढंगले उठाएको बताए । प्रमुख अतिथिको भूमिकामा रहेका वरिष्ठ संगीतकार राजु सिंहले वर्तमान परिप्रेक्ष्यमा नाच्ने गीतहरूको बाढी आइरहेको अवस्थमा कुवेर तामाङले कथा सहितको गीत बनाएर समाजप्रति गुण लगाएको बताए । उनले समाजको ऐनाका रुपमा प्रस्तुत गरिएको गीति चलचित्रले समाजलाई राम्रो सन्देश प्रवाह गरेको बताउँदै नेपाली गीत संगीतलाई उत्कृष्ट बनाउनमा सक्दो योगदान दिनुपर्ने कुरामा जोड दिए । सेसेमी लिम्बुद्वारा कुशलतापूर्वक सहजकर्ताको भूमिका निभाइएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *