दुई दिन लगाएर उठाएको लिंगो छिनमै ढालियो


2025-04-14 13:27:53

News Image

भक्तपुर । रातभरको प्रयासपछि पनि उठाउन नसकेर सोमबार बल्ल उठाउन सकेको ल्योसिंद्य (लिंगो) सोमबार नै साँंझ छिनमै ढालिएको छ । दुई दिन लगाएर उठाउन सफल भएको लिंगो दुई मिनेटमै ढालिएको हो ।
भक्तपुरको विस्का जात्राको ल्योसिंद्य (लिंगो) सोमबार दिउँंसो एक बजेर २१ मिनेटमा उठाउन सफल भएको थियो । यसअघि लिंगोलाई उठाउन आइतबार साँंझदेखि नै थालेका थियो । 
भक्तपुरको विस्का जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन लिंगो उठाउने चलन छ । ५५ हात लामो अनि ठूलो भएका कारण घण्टौको प्रयासपछि मात्रै लिंगोलाई उभ्याउन सफल भएका थिए । यद्यपि यो वर्ष भोलिपल्ट अर्थात् आज मात्रै उभ्याउन सफल भइयो । 
हिजो उठाउन नसकेको लिंगोलाई आज पनि उठाउन विहानदेखि प्रयास भएको थियो । तर बल्ल दिउँंसो मात्रै उभ्याउन सफल भएको हो । लिंगो उभिएपछि जात्रास्थलमा खुशीयाली छाएको थियो ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *