१ः२१ मा उठ्यो विस्का जात्राको लिंगो
भक्तपुर । रातभरको प्रयासपछि पनि उठाउन नसकेको भक्तपुरको विस्का जात्राको ल्योसिंद्य (लिंगो) सोमबार दिउँंसो उठाउन सफल भएको छ । दिउँंसो एक बजेर २१ मिनेटमा लिंगोलाई उठाउन सफल भएको थियो । यसअघि लिंगोलाई उठाउन आइतबार साँंझदेखि नै थालेका थियो ।
भक्तपुरको विस्का जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन लिंगो उठाउने चलन छ । ५५ हात लामो अनि ठूलो भएका कारण घण्टौको प्रयासपछि मात्रै लिंगोलाई उभ्याउन सफल भएका हुन् । यद्यपि यो वर्ष भोलिपल्ट अर्थात् आज मात्रै उभ्याउन सफल भइयो ।
हिजो उठाउन नसकेको लिंगोलाई आज पनि उठाउन विहानदेखि प्रयास भएको थियो । तर बल्ल दिउँंसो मात्रै उभ्याउन सफल भएको हो । लिंगो उभिएपछि जात्रास्थलमा खुशीयाली छाएको छ ।
उठाइएको लिंगोलाई आज साँंझ नै ढालिने परम्परा छ । दसकपछि यो वर्ष निर्धारित दिनमा लिंगो उठाउन असफल भएको हो । यसअघिका वर्ष पनि कुनैकुनै बेला निर्धारित दिनमा लिंगो उठाउन नसकेको इतिहास छ । ५५ हात लामो अनि ठूलो भएका कारण लिंगो उठाउन सयौं युवालाई पनि घण्टौ लाग्ने गर्दछ । लिंगोलाई डोरीले तानेर उठाउने गरिन्छ ।