अहिलेसम्म उठेन ल्योसिंद्य
2025-04-14 01:34:22
भक्तपुर । भक्तपुरको भेलुखेल ल्योसिंखेलमा आइतबार रातभर प्रयास भए पनि ल्योसिद्यो (लिंगो) उठाउन सफल भएन् । राति १ बजेसम्म पनि आधी मात्रै उठन सफल भएको थियो ।
नउठेको लिंगोलाई आफ भए पनि उठाई आजै ढाल्ने परम्परा छ । आज दिउँसै उठाउन सफल भए पनि ढाल्न भने साँंझ मात्रै ढालिने परम्परा छ ।
दसकपछि यो वर्ष लिंगो उठाउन असफल भएको हो । यसअघिका वर्ष पनि कुनैकुनै बेला निर्धारित दिनमा लिंगो उठाउन नसकेको इतिहास छ । ५५ हात लामो अनि ठूलो भएका कारण लिंगो उठाउन सयौं युवालाई पनि घण्टौ लाग्ने गर्दछ ।
प्रतिक्रिया