गहिटीबाट बुलुचा हुंदै नासमना पुग्यो भैलख
2025-04-10 13:12:28
रेणु त्वानाबासु
भक्तपुर । भैरबनाथको रथ गहिटीबाट अगाडि वढ्दै बुलुचा हुँंदै नासमना पुगेको छ । साँंझ ७ बजेसम्म रथलाई गहिटीबाट पनि बुलुचा हुँदै नासमना पुरयाइएको हो । रथलाई गहिटीबाट पश्चिम बुलुचाबाट पनि उता लगेर नासमनामाबाट पनि अगाडि वढाउने प्रयास भइरहेको छ ।
परम्परा अनुसार पहिलो दिन त्यतैतिर लाने परम्परा छ । त्यही अनुसार क्वने साइडमा धेरै र थने साइडमा कम डोरी राखिएको जनाइएको छ । भैलखलाई आज रातिसम्म भए पनि वा नसके भोलि विहान सम्म भए पनि गहिटी पुरयाउने परम्परा छ ।
प्रतिक्रिया