भक्तपुरमा गरियो प्रभातफेरि


चैत २७, २०८१, बिहीबार | विहान ०२:५८ बजे | 110


भक्तपुरमा गरियो प्रभातफेरि

भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरको आयोजनामा लागू औषध दुरूपयोग तथा ओसारपसार विरूद्दको तीन महिने अभियान अन्तर्गत दत्तात्रयदेखि पाँचतले मन्दिर प्राङ्णसम्म प्रभातफेरी तथा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, कर्मचारीहरू, पत्रकार, गैरसरकारी महासंघ, यातायात व्यवसायी, स्थानीय नागरिकको उपस्थितिमा रहेको थियो ।

Comments