अन्तरनगर जिम्नास्टिक ः भक्तपुर प्रथम, मध्यपुर थिमि दोस्रो र चन्द्रागिरी तेस्रो


2025-04-07 12:33:15

News Image

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३, २४ र २५ गते सम्म सञ्चालन भएको अन्तरनगर जिम्नास्टिक प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम सहिद स्मृति खेलमैदानमा सोमबार एक समारोहबिच सम्पन्न भयो । अन्तर नगर जिम्नास्टिक प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम, मध्यपुर थिमी नगरपालिका दोस्रो र चन्द्रागिरी नगरपालिकाले तेस्रो स्थान हासिल गरेको थियो ।
    कार्यक्रममा नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालले खेलकुद स्वास्थ्य, अनुशासन, मित्रता र देशको सार्वभौमिकता रक्षाको निम्ति भएको बताउँदै खेलकुदको माध्यमबाट जोडिएको मित्रतालाई सँधै मजबुत बनाइराख्नुपर्ने बताउनुभयो ।
    नागरिकहरु अनुशासित भए मात्र देश समृद्ध हुने बताउँदै उहाँले नागरिकहरुमा कर्तव्यबोध भएपछि मात्र देश बन्न र समाज व्यवस्थित रुपमा अगाडि बढ्न सघाउ पुग्ने बताउनुभयो ।
    खेलाडीहरुले आफ्नो खेल जीवनसँगसँगै विद्यालय र विश्वविद्यालयको शिक्षालाई पनि अगाडि बढाउन सके व्यक्तित्व विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले देशको रक्षाको लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
    सांसद सुवालले छिमेकी देश भारतले नेपालका भूभागहरु अतिक्रमण गरिरहेको सन्दर्भ जोड्दै देशको सीमाना रक्षा गर्ने नयाँ पुस्ता तयार गर्ने महत्वपूर्ण थलो पनि खेलकुद हो भन्नुभयो ।
    जनताको माग सम्बोधन हुने राजनीतिक व्यवस्था समाजवादी गणतन्त्र भएको बताउँदै उहाँले साम्राज्यवादी देश अमेरिकाले इजरायललाई हतियार बेचेर प्यालेस्टिनी जनतामाथि बर्बर हमला तथा बमबारी गरिरहेको बताउनुभयो ।
    भनपाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक युवालाई कुनै न कुनै खेलकुदमा सहभागी गराउने र खेललाई जीवन पद्धतिको रुपमा विकास गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताको आयोजनालाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
    दुईवटा महानगर, एकवटा उपमहानगर समेत गरी १८ वटा नगरपालिकाको सहभागितामा भव्य रुपमा सम्पन्न अन्तर नगर प्रतियोगिताले खेलकुद जगतको इतिहासमा एउटा इँटा थप्ने काम भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
    भक्तपुर नगरपालिकाले सरकारको भर नपरी आफ्नै बलबुत्तामा भक्तपुरको विकास गर्ने प्रयास गर्दै आएको बताउँदै उहाँले  देशको सीमाना रक्षा गर्ने र सार्वभौमिकता रक्षा गर्ने नयाँ पुस्ता तयार गर्ने उद्देश्यले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुभयो ।
    वाग्मती प्रदेश सभाका सदस्य सृजना सैंजुले जिम्नास्टिक प्रतियोगितामा महिला सहभागिताले उत्साह थपेको बताउँदै भक्तपुर नगरपालिकाले गर्दै आएको खेल गतिविधिले देशको खेलकुद क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
    उहाँले राज्यको उदासिनताविरुद्धको सटिक पाइला भक्तपुर नपाले चाल्दै आएको बताउँदै समाजवादी गणतन्त्र नै कामदार वर्गको प्रजातन्त्र हो भन्नुभयो ।
    कार्यक्रममा भक्तपुर जिल्ला जिम्नास्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापतिले प्रतियोगिता भव्य रुपमा सफल भएकोमा सरोकारवाला सबैमा हार्दिक आभार व्यक्त गर्दै जिम्नास्टिक प्रतियोगिता आयोजनाले खेलाडीहरुमा उत्साह थपेको बताउनुभयो ।
    कार्यक्रममा प्रमुख अतिथि सुवालले विजयी खेलाडीहरुलाई प्रमाणपत्र, शिल्ड र नगद पुरस्कार वितरण गर्नुभएको थियो विशेष अतिथि तथा अतिथिहरुले सहभागी नगरपालिकाहरुलाई मायाको चिनो वितरण र विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
    कार्यक्रममा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य दिनुभएको थियो भने वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
    भक्तपुर नगरपालिकाद्वारा आयोजित जिम्नास्टिक प्रतियोगितामा काठमाडांै र ललितपुर महानगरसहित देशका विभिन्न १८ वटा नगरपालिकाहरु भाग लिएका थिए । उक्त प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर न.पा.ले आयोजना गरेको थियो भने प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार, दोस्रोलाई रु. ३० हजार र तेस्रोलाई रु. २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो भने सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्नेको व्यवस्था पनि गरेको थियो ।
प्रतियोगिताको नतिजा ः
प्रथम – भक्तपुर नगरपालिका
द्वितीय — मध्यपुर थिमी नगरपालिका
तृतीय – चन्द्रागिरी नगरपालिका
सिनियर ब्वाइज टप १४ (अल राउन्डर)
रामग्राम नगरपालिकाका रोहन बुढाथोकी — प्रथम
मध्यपुर थिमी नगरपालिकाका सुमन तामाङ — दोस्रो
चाँगुनारायण नगरपालिकाका विज्ञान भैल — तेस्रो
सिनियर ब्वाइज टप ८ (फ्लोर)
भक्तपुर नगरपालिकाका सुमित तामखू — प्रथम
भक्तपुर नपाका अर्नेष्ट सुवाल — दोस्रो 
रामग्राम नगरपालिकाका रोहन बुढाथोकी — तेस्रो
सिनियर ब्वाइज टप ८ (भल्ट)
रामग्राम नगरपालिकाका रोहन बुढाथोकी — प्रथम
भक्तपुर नपाका सुमन नापित — दोस्रो
चाँगुनारायण नपाका विज्ञान भैल — तेस्रो
सिनियर गल्र्स टप १४ (अल राउण्डर)
भक्तपुर नपाका रेगिसा घेमोसू — प्रथम
रामग्राम नगरपालिकाका विदिशा न्यौपाने — दोस्रो
रामग्राम नपाका चन्द्रकला खड्का — तेस्रो
सिनियर गल्र्स टप ८ (फ्लोर)
मध्यपुर थिमीका प्रकृति थापा मगर — प्रथम
भक्तपुर नगरपालिकाका रेगिसा घेमोसू — दोस्रो
रामग्राम नपाका चन्द्रकला खड्का — तेस्रो
सिनियर गल्र्स टप ८ (भल्ट)
रामग्राम नपाका अन्जना थोकर — प्रथम
रामग्राम नपाका चन्द्रकला खड्का — दोस्रो
भक्तपुर नपाका रेगिसा घेमोसू — तेस्रो
जुनियर गल्र्स टप १४ (अल राउण्डर)
काठमाडौं महानगरपालिकाका जोया मानन्धर — प्रथम 
ललितपुर महानपाका चेरिस्मा अर्याल — दोस्रो 
ललितपुर महानपाका एन्गेल दाहाल — तेस्रो
जुनियर गल्र्स टप ८ (फ्लोर)
ललितपुर महानपाका कृसा महर्जन — प्रथम
काठमाडौं महानपाका कृसु भट्टराई — दोस्रो
काठमाडौं महानपाका जोया मानन्धर — तेस्रो
जुनियर गल्र्स टप ८ (भल्ट)
काठमाडौंका महानपाका जोया मानन्धर — प्रथम
सूर्यविनायक नपाकाका भूमिका लामिछाने — दोस्रो
भक्तपुर नपाका तुलिसा कोजु — तेस्रो
जुनियर ब्वाइज टप १४ (अल राउण्डर)
भक्तपुर नपाका लिज अवाल — प्रथम
भक्तपुर नपाका ब्रायन लवजू — दोस्रो
पोखरा उपमहानपाका टनिक्स थापा — तेस्रो
जुनियर ब्वाइज टप ८ (फ्लोर)
भक्तपुर नपाका रिसब जाकिबन्जार — प्रथम
भक्तपुर नपाका लिज अवाल — दोस्रो
वालिङ नगरपालिका सोनिस थापा — तेस्रो
जुनियर ब्वाइज टप ८ (भल्ट)
मध्यपुर थिमी नपाका रामकुमार खड्का र भक्तपुर नपाका लिज्व अवाल — प्रथम
पोखरा उपमहानपाका सिमोन थापामगर — दोस्रो
जुनियर गल्र्स टिम प्रथम ः चन्द्रागिरी नपा
चन्द्रागिरी नपाका याना पि.सी., राजश्री प्रधान, अर्या थापा र आराध्या महत
जुनियर गल्र्स टिम दोस्रो ः मध्यपुर थिमी नपा
समीक्षा श्रेष्ठ, विज्ञता श्रेष्ठ, अद्धिती प्रजापति र गीता साउद
जुनियर गल्र्स टिम तेस्रो — काठमाडौं महानपा
कृसु भट्टराई, हर्सालि रन्जित, सुरभी श्रेष्ठ, जोया मानन्धर
जुनियर ब्वाइज टिम प्रथम— भक्तपुर नगरपालिका
ब्रायन लवजू, प्रनिस माक, रिसब जाकिबन्जार र लिज अवाल
जुनियर ब्वाइज टिम दोस्रो — मध्यपुर नगरपालिका
रुजेन श्रेष्ठ, प्रयुष श्रेष्ठ, रेहान श्रेष्ठ र रामकुमार खड्का
जुनियर ब्वाइज टिम तेस्रो — बनेपा नगरपालिका
विनायक देवकोटा, असल जोशी, आरोज गिरी र आसिसकुमार साह
सिनियर गल्र्स टिम प्रथम — रामग्राम नगरपालिका
विशेस न्यौपाने, अन्जना थाकोर, सुमा तामाङ र चन्द्रकला खड्का
सिनियर गल्र्स टिम दोस्रो — भक्तपुर नगरपालिका
रिगिसा घेमोसू, रिजु रन्जित, चेरिसा प्रजापति, सिनोन बासुकला
सिनियर गल्र्स टिम तेस्रो — मध्यपुर नगरपालिका
दुधकला साउद, सिताकुमारी खड्का, प्रकृति थापामगर र आर्या रञ्जितकार
सिनियर ब्वाइज टिम प्रथम — भक्तपुर नगरपालिका
गौरव तुल्सिबाख्यो, अर्नेस्ट सुवाल, सुमन नापित, सुमित तमखू
सिनियर ब्वाइज टिम दोस्रो — रामग्राम नपा
सुनिल बुढाथोकी, विश्वास सुवेदी, आर्या केसी, रोहन बुढाथोकी
सिनियर ब्वाइज टिम तेस्रो — मध्यपुर नपा
सृजन राजभण्डारी, सुरेन्द्र तामाङ, सुमन तामाङ र शिवजी भण्डारी


 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *