“तिमी मेरो जीवन साथी” म्युजिक भिडियोको प्रिमियर संसार अनलाइनको युट्युब च्यानल मार्फत प्रिमियर


2025-04-06 04:55:58

News Image

भक्तपुर । “तिमी मेरो जीवन साथी” म्युजिक भिडियोको प्रिमियर संसार अनलाइनको युट्युब च्यानल मार्फत एक कार्यक्रम बीच शुक्रबार प्रिमियर गरिएको छ । प्रिमियर बरिष्ठ निर्देशक तथा कार्यक्रमका प्रमुख अथिति पवन जोशीले रिमोट अन गर्दै युट्युव मार्फत प्रिमियर गरको कार्यक्रममा बोल्दै नव निर्देशक सुरेन्द्र श्रेष्ठले कला क्षेत्रमा खलनायकको भूमिकाबाट नायक, चरित्र अभिनेता हुँदै निर्देशकको रुपमा आफूलाई परिचय दिन सफल बनेकोमा सफलताको शुभकामना व्यक्त गर्दै निदेशन कार्य अब्बल रहेको विचार व्यक्त गरे । त्यस्तै कार्यक्रममा म्युजिक भिडियो गीतका रचनाकार प्रकाश दीप श्रेष्ठ रहेका छन् भने स्वर यमन श्रेष्ठ र अन्जेला श्रेष्ठले दिएका छन् । त्यस्तै गोविन्द ह्युमतको संगीत रहेको गीतका एरेन्जर जीवित जल्मी हुन । अन्नपूर्ण स्टुडियोमा रेकर्ड भएको गीतको रेकर्डिष्ट विजय मास्के हुन । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरुमा निर्माता गोपाल कृष्ण सिल्पकार र सरु भारती रहेका छन् भने म्युजिक भिडियोको निर्देशन सुरेन्द्र श्रेष्ठले गरेको थियो । कार्यक्रममा सिने पत्रकार विजयरत्न तुलाधरका साथ नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर सिल्पकारका साथ अन्य कलाकार तथा सिनेकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *