आज हिन्दु धर्मावलम्बीहरुको चैते दशै


चैत २२, २०८१, शनिबार | विहान ०७:४० बजे | 225


आज हिन्दु धर्मावलम्बीहरुको चैते दशै

चैते दशैं आज हिन्दु धर्मावलम्बीहरुको चैते दशै पर्व। यो एक महत्वपूर्ण पर्व हो। यो मुख्य दशैं (बडा दशैं ) जस्तै नभए पनि धार्मिक, साजिक र सांस्कृतिक रूपमा ठूलो मानिन्छ। तिथिले आज अस्टमी भए पनि दशैं भन्ने चलन छ। भोलि राम नवमी हो। जसलाई भगवान रामको जन्म उत्सवको रुपमा मनाउने गरिएको छ। यो पर्वमा चैत शुक्ल अष्टमी र नवमीमा भवानी दुर्गामाताको को पूजा आराधना गरी मनाउने प्रथा छ । हुनत कतिले यो नै मुख्य दशैं हो पनि भनेको देखिन्छ। चैत्रमा गर्मी याम हुने हुँदा खानपान र नाचगान गर्न गाह्रो भएकाले यस पर्वलाई अशोज महिनामा पछी सारेको हो अरे। अनि बडादशैं (आश्विन महिनामा पर्ने दशैं ) को नाममा यो अधिक लोकप्रिय भयो। यो पर्वमा विशेष रूपमा दुर्गामाताको पूजापाठ तथा बलि दिने चलन पनि रहिआएको छ। विशेष गरी यो पर्वमा रातो कपडा, रातो टीका र फुलको प्रयोग गरी पूजा गरिन्छ। रामायण कथा अनुसार भगवान श्रीरामले रावण संग युद्ध गर्नु अघि दुर्गा माताको आराधना गर्नु भएको थियो। त्यो बेला दुर्गाभवानी माता लाई प्रसन्न पार्न श्रीरामले १०८ वटा नीलकमल फूल चढाउनु पर्ने थियो। तर अन्तिम फूल एकले कमी भयो। त्यसपछि श्रीरामले आफ्नै आँखा निकालेर चढाउन लाग्नु भयो। किनभने उहाँ लाई नील कमल समान नेत्र भएको भनिन्थ्यो।येसरी रामको भक्ति देखेर माता अत्यन्त प्रसन्न हुनु भयो र उहाँले रामलाई विजयको वरदान दिनुभएको थियो। त्यसपछि मात्र श्रीराम ले रावणमाथि विजय पाउनु भएको थियो। खैर जे होस् । चैते दशैं नेपाली हिन्दुहरूको आस्थासँग जोडिएको पर्व हो । जसले शक्ति र भक्ति दुबैलाई महत्व दिन्छ। यद्यपि यो बडादशैं जस्तो राष्ट्रिय रूपमा ठूलो रूपमा नमनाइए पनि हिन्दु नेपाली समाजमा यसको धार्मिक र सांस्कृतिक महत्व भने आज पनि घटेको देखिदैन धन्यवाद !

Comments