अन्तर नगरपालिका स्तरीय जिमन्यास्टिक प्रतियोगितामा छनोट विद्यार्थीहरूलाई विदाई
चैत १९, २०८१, बुधबार | दिउँसो ०३:०६ बजे | 185
मध्यपुर ठिमी भक्तपुर शिक्षा तथा खेलकुदको क्षेत्रमा अव्बल विद्यालयको रूपमा चिनिएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा यही २०८१ चैत्र २० गतेजिम्न्यास्टिक प्रतियोगितामा छनौट विद्यार्थीहरूको सम्मानमा बधाई ,विदाई तथा शुभकामना कार्यक्रमको आयोजना गरियो।भक्तपुर नगरपालिकाद्वारा यही चैत्र २३ गतेदेखि २५ गतेसम्म आयोजना गर्न गइरहेको अन्तरनगर जिम्न्यास्टिक प्रतियोगितामा मध्यपुर ठिमी नगरपालिकाबाट छनोट हुन सफल पाँचजना तथा सूर्यविनायक नगरपालिकाबाट छनोट हुन सफल दुईजना र प्रशिक्षक एक गरी जम्मा आठ जना विद्यार्थी तथा प्रशिक्षकलाई विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले खादा ओडाएर मायाको चिनो प्रदान गरी बधाई , उत्कृष्ट खेलका लागि शुभकामना र खेल जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दै विदाई गर्नुभएको थियो ।सो कार्यक्रममा विद्यालयका जिमन्याष्टिक प्रशिक्षक विजेन्द्र श्रेष्ठ र छनोट हुन सफल विद्यार्थीहरू सुमन तामाङ ,प्रकृति थापा मगर ,आर्या रन्जितकार, समीक्षा श्रेष्ठ, विज्ञता श्रेष्ठ, नेहा प्रजापति एवं सेज श्रेष्ठलाई प्रिन्सिपल प्रजापतिले विजयको अग्रिम शुभकामना समेत दिनुभयो।