ग्ल्याडस्टोनमा १ सय १३ को निःशुल्क स्वास्थ्य परिक्षण


चैत १७, २०८१, सोमबार | दिउँसो १२:१८ बजे | 85


ग्ल्याडस्टोनमा १ सय १३ को निःशुल्क स्वास्थ्य परिक्षण

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ८ मीलरोड बोडेस्थित ग्ल्याडस्टोन एकेडेमीमा १ सय १३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको छ । रक्षा क्यान्सर केयर सोसाइटी र ग्ल्याडस्टोन एकेडेमीको संयुक्त आयोजना एवं इनरव्हील क्लब मध्यपुर थिमि र भक्तपुर क्यान्सर अस्पतालको सहकार्यमा ग्ल्याडस्टोन एकेडेमीका शिक्षिका, कर्मचारी एवं अभिभावकहरुको पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण एवं परामर्श प्रदान गरिएको ग्ल्याडस्टोन एकेडेमीका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काले जानकारी दिनुभयो ।

ग्ल्याडस्टोन समूदायमा भन्ने नाराअन्तर्गत महिला शिक्षक, कर्मचारी एवं स्थानिय अभिभावकहरुलाई क्यान्सर रोगको कारण, लक्षण, उपचार एवं रोकथाम सम्बन्धी अभिमुखिकरण पछि भक्तपुर क्यान्सर अस्पतालकी स्त्री तथा क्यान्सर रोड विशेषज्ञ डा.सृष्टि श्रेष्ठ (प्रजापति) को नेतृत्वमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको संयोजक खड्काले जानकारी दिनुभयो ।

डा.सृष्टि श्रेष्ठले ज्एख् (एचपीभी) भाईरसका कारण पाठेघरको मुखको क्यान्सर हुने भएकोले १६ वर्ष माथिका सबै महिलाहरुको वार्षिक रुपमा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्नुपर्ने बताउनु भयो । ग्ल्याडस्टोन एकेडेमीको प्राथमिक भवनमा उक्त कार्यक्रम गरिएको थियो ।
 

Comments