शंखधर साकोसद्धारा आयोजित कार्यक्रममा ४४ ले गरे रक्तदान


चैत १७, २०८१, सोमबार | विहान ११:१६ बजे | 55


शंखधर साकोसद्धारा आयोजित कार्यक्रममा ४४ ले गरे रक्तदान

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधरचोकस्थित शंखधर बचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजित १५ औं खुल्ला रक्तदानमा ४४ जनाले रक्तदान गरेका छन् । ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित उक्त रक्तदानमा १२ महिला र ३२ पुरुष सहित ४४ जनाले रक्तदान गरेको शंखधर साकोसका सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले जानकारी दिनुभयो । शंखधर साकोसको सामाजिक उपसमितिको आयोजनामा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको उपसमिति संयोजक केशवमान श्रेष्ठले बताउनु भयो । संस्थाका सामाजिक उत्तरदायित्व अन्तर्गत विगत १५ वर्षदेखि रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको शंख्धर साकोसका अध्यक्ष श्याम श्रेष्ठले बताउनु भयो । कार्यक्रम चैत्र १६ गते शंखधर चोकमा भएको थियो । शंखधर साकोसको आयोजना र भक्तपुर जिल्ला रेडक्रसको प्राविधिक सहयोगमा भएको उक्त रक्तदानमा संस्थाका पदाधिकारी, सञ्चालक, व्यवस्थापक, कर्मचारी, शेयर सदस्य, शुभेच्छुकहरुले रक्तदान गरेका थिए ।
 

Comments