प्रशंसापत्र, सम्मान तथा कदरपत्र वितरण कार्यकम सम्पन्न
2025-03-29 12:22:11
भक्तपुर । निओ फ्युजन बाजा समूह र नवदुर्गा धिमे खलको सयुक्त आयोजनामा नवबर्ष २०८२ साल तथा बिस्का जात्राको शुभकामना आदानप्रदान एवम् विविध प्रशंसापत्र, सम्मान तथा कदरपत्र वितरण कार्यकम शनिबार सम्पन्न भएको छ । कायक्रम भक्तपुर नगरपालिका वडा नम्बर ७ को सभाहलमा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले बाजागाजालाई निशुल्क रुपमा नभइ व्यवसायिकरुपमा लानुपर्नेमा जोड दिएमा बाजा बजाएर नै जिविकोपार्जन गर्नसक्ने बताउनुभयो । बाजागाजालाई बजाउने मात्र नभई लिपिबद्व बनाउनुपर्नेमा नगर प्रमुख प्रजापतिले जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिका वडा न ७ का वडाअध्क्ष उकेश कवाँले बाजागाजामा मात्र नभई शिक्षामा पनि सँगसँगै लानुपर्नेमा जोड दिए ।
प्रतिक्रिया