सकियो औषधि व्यवसायी संघ भक्तपुरको साधारणसभा


2025-03-29 08:00:00

News Image

भक्तपुर । औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको चौथौं साधारणसभा तथा बनभोज कार्यक्रम शनिबार निलबाराहीस्थान बोदे मध्यपुर थिमिमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन संघका बागमती प्रदेशका अध्यक्ष ध्रुबनारायण श्रेष्ठले गरे । कार्यक्रममा संयुक्त रुपमा क्यालेण्डर पनि विमोचन गरियो । 
कार्यक्रममा वागमती प्रदेश अध्यक्ष श्रेष्ठ, महासचिव राजु श्रेष्ठ, काठमाडौका अध्यक्ष शंकर महर्जन, ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जन, काभ्रेका अध्यक्ष श्याम तिमिल्सना, रामेछाप दोलखा सदस्य मदन भौकाजीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रम जिल्ला सभापति नारायणप्रसाद भुसालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमकोबारेमा जानकारी तथा स्वागत कार्यक्रम संयोजक एवं जिल्लाका वरिष्ठ उपाध्यक्ष विनोदप्रसाद सापकोटाले गरेका थिए । कार्यक्रमको सञ्चालन मुरारी नेपालले गरेका थिए । ड्यासमा आसिन व्यक्तित्वहरुलाई खादा माला स्वागत शर्मिला लोहलाले गरेकी थिइन् । कार्यक्रमपछि कपिल कसपालले रमाइलो नाचगानको संयोजन गरेका थिए ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *