यी हुन् ९ वटा नियम विस्का जात्राको


2025-03-27 10:31:46

News Image

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।

बैठकमा प्रमुख प्रजापतिले २०८१।८२ को बिस्का जात्रा निर्धारित समयमा सुरक्षित ढंगले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले २०८१ चैत्र २८ गतेदेखि २०८२ वैशाख ५ गते सम्म सञ्चालन हुने ८ रात ९ दिनको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा देशी विदेशीको साझा जात्राको रुपमा रहेको बताउनुभयो ।

बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले गत वर्षजस्तै यस वर्षको बिस्का जात्रालाई पनि शान्तपूर्ण ढंगले सम्पन्न गर्न सरोकारवालाहरुबाट साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्यालले भक्तपुर नपाले अपनत्व ग्रहण गरी बिस्का जात्रालाई शान्तिपूर्ण बनाउने प्रयास सराहनीय भएको बताउँदै देशकै गौरवको रुपमा रहेको बिस्का जात्रालाई सबैको सहयोगमा सभ्य र भव्य रुपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

बैठकमा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले गुठी संस्थान कार्यालयले बिस्का जात्राबारे गुठी संस्थानको हालसम्मको तयारीबारे गराउनुभयो ।

बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, अस्पतालहरुका प्रतिनिधि र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने बिस्का जात्रा व्यवस्थापनबारे आ–आफ्नो तर्फबाट हुने सहयोग र तयारीबारे बैठकमा अवगत गराउनुभयो ।

बिस्केट जात्रा सञ्चालन गर्ने विषयमा जात्रासँग सम्बन्धित सरोकारवालाबीच भएको महत्वपूर्ण निर्णयहरू ः

१. यस वर्षको बिस्का जात्रा शान्तिपूर्ण र भव्यताका साथ सम्पन्न गर्न जात्रा सञ्चालन हुने सम्पूर्ण क्षेत्रहरुको सरसफाई र आवश्यक व्यवस्थापन तथा प्रचारप्रसारलगायत सरकोकारवालाहरुस“ग समन्वय गर्ने कार्य भक्तपुर नगरपालिकाले गर्ने निर्णय ग¥यो ।

२. बिस्का जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालय, भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुरलगायत सुरक्षा निकायले पारस्परिक समन्वयमा प्रभावकारी ढ·ले मिलाउने निर्णय ग¥यो ।

३. बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै शुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान शाखा कार्यालय, भक्तपुरलाई जिम्मा दिने निर्णय ग¥यो ।

४. विस्का जात्रास“ग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैल नायोहरु र भद्रकाली अजिमा गुठियारहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय ग¥यो ।

५. बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रहरुमा रहेको तार, केबुल र फाइबर नेटका केबुलहरु व्यवस्थित गर्न सम्बन्धित सेवा प्रदायकहरुलाई जिम्मेवारी दिने र आवश्यक सहजीकरण नगरपालिकाले गर्ने निर्णय गर्यो ।

६. बिस्का जात्रा सञ्चालन हुने दिनहरुमा नगर क्षेत्रमा रहेका अस्पतालहरुका एम्बुलेन्स, दमकल तथा विपद पूर्वतयारीका सामानहरु तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने र अस्पतालको इमर्जेन्सी वार्डमा स्वास्थ्यकर्मीहरुलाई सतर्क अवस्थामा राख्न नगरपालिकाले आवश्यक समन्वय गर्ने निर्णय ग¥यो ।

७. बिस्का जात्रा अवधिभर जात्रामा अत्याधिक भीड हुने दिनहरु २०८१ चैत्र ३१, २०८२ बैशाख १ र ५ गते भीड हुने स्थानहरुमा स्वयम्सेवकहरु खटाइ आवश्यक व्यवस्थापन गर्नेे निर्णय ग¥यो ।

८. बिस्का जात्राको क्रममा सडकमा सवारी साधन व्यवस्थित गर्न ट्राफिक कार्यालय, भक्तपुरलाई जिम्मेवारी दिने निर्णय ग¥यो ।

९. खानेपानी व्यवस्थापन केयुकेएललाई र विद्युत प्रशारणमा कुनै किसिमको समस्या आउन नदिन नेपाल विद्युत प्राधिकरण, भक्तपुर शाखालाई जिम्मेवारी दिने निर्णय ग¥यो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *