बिस्का जात्राको लागि श्री भैरवनाथको रथ जडान कार्य सुरु
चैत १२, २०८१, बुधबार | दिउँसो ०३:४१ बजे | 120
भक्तपुर । यस बर्षको बिस्का जात्राको लागि श्री भैरवनाथको रथ जडान बुधबारदेखि थालिएको छ । भक्तपुर युवा टिम र कमलबिनायक युवा समाजको सहयोगमा रथ जोडने कार्य थालिएको गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरले जनाएको छ । पाँंचतल्ले मन्दिरको दक्षिण पश्चिममा राखेर रथ जडान कार्य थालिएको हो । अव धमाधम रथ बनाउने काम तीव्र गर्दै जात्रा अगाडिसम्म रथ बनाउन सकाइने छ । यो वर्षको जात्रा चैत २८ गतेबाट सुरु हुँंदैछ ।