सकियो नसर्ने रोगको निःशुल्क स्वास्थ्य परीक्षण शिविर 


चैत १०, २०८१, सोमबार | विहान ०८:३० बजे | 100


सकियो नसर्ने रोगको निःशुल्क स्वास्थ्य परीक्षण शिविर 

भक्तपुर । रेडियो जनसञ्चार १०७.५ मेगाहर्जको प्रसारण १७ औं बर्ष तथा जनसञ्चार टेलिभिजन ५ औं वर्ष पुगेको अवसरमा सोमबार भक्तपुरमा नसर्ने रोग परीक्षण शिविर सम्पन्न भएको छ । 
जनस्वास्थ्य कार्यालय भक्तपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । शिविरको क्रममा योग प्रशिक्षण पनि भएको थियो । शिविर कमलविनायक कमलपोखरी यातुगणेश परिसरमा भएको हो ।
शिविर विहान ७ बजेदेखि १० बजेसम्म चलेको थियो । कमलविनायक मन्दिर परिसर सुधार समिति, स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखालगायतको सहयोगमा कार्यक्रम भएको हो । 

Comments