रेडियोको वार्षिकोत्सवको अवसरमा रोग परीक्षण शिविर
चैत १०, २०८१, सोमबार | विहान ०१:१५ बजे | 100
भक्तपुर । रेडियो जनसञ्चार एफएम कमलविनायक भक्तपुरको वार्षिकोत्सवको अवसरमा सोमबार नसर्ने रोग परीक्षण शिविर हुने भएको छ । एफएमको १७ औं, टिभीको ५ औं वार्षिकोत्सवको अवसरमा विहान यातु गणेश मन्दिर परिसर भक्तपुरमा शिविर हुन लागेको हो । शिविर जनस्वास्थ्य कार्यालय भक्तपुरको प्राविधिक सहयोगमा हुन लागेको हो ।