बाल अस्पतालमा अब्बल बन्ने प्रकृयामा ईशान बाल तथा महिला अस्पताल सुरुवात गर्यो ‘मल्टी डिस्क्लिपिनरी’ क्लिनिक
चैत ८, २०८१, शनिबार | साँझ ०४:५६ बजे | 5
- जयराम बिडारी
चैत्र ९, काठमाण्डौ । सर्व सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन तथा देशमा बाल अस्पतालको आवयश्कतालाई मध्यनजर गरी तीन दशक देखि निरन्तर सेवा दिंदै आइरहेको ईशान बाल तथा महिला अस्पतालले ‘मल्टी डिस्क्लिपिनरी क्लिनिक’ सुरुवात गरेको छ । शनिवार टोखा-५ वसुन्धरास्थित अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथिका रुपमा रहेका स्वास्थ्य ,महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले मानसिक तथा शारिरीक अपाङ्ता भएका बालाबालिकाहरुको उपचार गर्ने उदेश्यले सुरु गरेको ‘मल्टी डिस्क्लिपिनरी’ सेवाका कारण ईशान बाल तथा महिला अस्पताल केही बर्षमै देशकै गौरव गर्ने अस्पताल बन्ने विचार व्यक्त गरेका छन् । सो समारोहमा उनले पछिल्ला बर्षहरुमा फरक खालका विरामीहरुको संख्या बढीरहेको र सरकारी तबरमा त्यस्ता रोगको राम्रो उपचार हुन नसकिरहेको अवस्थामा अस्पतालको नयाँ सुबिधा तारिफयोग्य भएको बताए । उक्त अवसरमा अस्पतालद्वारा प्रदान गरिरहेको सेवा सुविधा र भावि कार्यक्रमहरुका बारेमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामानन्द चौधरीले बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म बहिरङ्ग तथा चौबिसै घण्टा आकस्मिक सेवा प्रदान गरी नाक, कान घाँटी आँखा तथा दन्त रोगको उपचार सेवा प्रदान गरिरहेको सम्बन्धमा सविस्तार बताएका थिए । उनले ईशान अस्पतालद्वरा जन्मे देखि १८ बर्षसम्म उमेर समूहका बालबालिकाहरुको सबै खालको रोगको उपचार सेवा आफुहरुले सुरु गरेको बताए । त्यसैगरी महिलाहरुको प्रसुती मात्र नभएर सवै खालका रोगहरुको सेवा सुरु गरिएको समेत बताए । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसि, निजी अस्पताल संघका अध्यक्ष डा पदम बहादुर खड्का लगायत विभिन्न क्षेत्रका महानुभावहरुको उपस्थीति रहेको थियो ।