गुठीयारहरुलाई वितरण गरियो पोशाक


चैत ८, २०८१, शनिबार | साँझ ०४:२३ बजे | 30


गुठीयारहरुलाई वितरण गरियो पोशाक

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगदेशस्थित सिद्धिकाली मन्दिरका गुठीयारहरुलाई शनिबार एक कार्यक्रमवीच पोशाक वितरण गरिएको छ । सिद्धिगणेश द्योछें विकास समितिले एक दर्जन वढी गुठीयारहरुलाई पोशाक वितरण गरिएको हो । विस्का जात्राको क्रममा गुठीयारहरु सवैजना एउटै पोशाकमा होस् भन्ने मनसायले पोशाक वितरण गरिएको समितिका सचिव विजयशंकर प्रधानांगले जनाए । उनका अनुसार विस्का जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन (यो वर्ष चैत्र ३१ गते) वैशाख १ गते र वैशाख २ गते यहाँं जात्रा हुन्छ । वैशाख १ गते बहनीसिया (साँंझको जात्रा) र २ गते सुथासिया जात्रा (विहानको जात्रा) हुने गर्दछ ।

Comments