ख्वप साकोसको वार्शिक कार्य योजना गोष्ठी  सम्पन्न


चैत ८, २०८१, शनिबार | दिउँसो ०३:३९ बजे | 90


ख्वप साकोसको वार्शिक कार्य योजना गोष्ठी  सम्पन्न

ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को बार्शिक कार्य योजना  निर्माण  तथा अभिमुखिकरण कार्यक्रम  ब्यासिमा सम्पन्न  भयो | कार्यक्रम नेमकिपाका केन्द्रिय सचिब तथा  संघिय  सांसद का. प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो | कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले २००८ सालमा  सहकारीको स्थापना र सामान्तहरुले जोताहा किसानलाइ दु:ख  दिएकोले  धर्म भकारी झै किसानहरुलाई सहयोग गर्न सहकारी स्थापना भएको हो भन्नुभयो | उहाँले सहकरिको पैसा निजि बैंक हुन्दै नाटो सम्मले प्रयोग गरेको देखियो | सहकारिको पैसा निजि बैंक मा राख्दा  बैंक दिन सकेन भन्ने के गर्ने भन्नी प्रसन्न गर्नु भयो | भक्तपुर नपा वडा नं २ का वडा अध्यक्ष  हरि प्रसाद बासुकलाले  सिद्धिगणेश साकोसले स्वास्थ  केन्द्र भक्तपुर साकोसले आदर निकेतन खोलेर सेवा गरे झै  ख्वप साकोसले घरेलु उध्योग संचालन गर्न सकोस भन्नु भयो |
भक्तपुर  जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष  कृष्ण गोविन्द लाखाजुले  कार्य योजना वार्शिक रुपमा गर्ने कार्यको विवरण र संस्थाको भावी कार्यक्रम हुने भएकोले संस्थाको गतिबिधी सुशासन  अन्तर्गत पर्ने भएकोले  संस्थाको गतिविधिको समिक्षा आबश्यक छ भन्नू भयो |
संस्थाका अध्यक्ष राजकुमार लघुले सस्थाको वार्शिक कार्ययोजना निर्माणका लागि  अभिमुखिकरण  कार्यक्रम आयोजना गरेको जानकारी दिन्दै २०८१ चैत्र २४ गतेदेखि  धाँ बाजाको प्रशिक्षण शुरु गर्ने भएकोले २२ गते भित्र नाम दर्ता गर्न अनुरोध गर्नु भयो |  संस्थाका सल्लाहकार  कुमार लघुले  संस्था संस्थापकहरुको राय सल्लाह सुझाब लिन  अध्ययन अबलोकन भ्रमण  आयोजना गर्नु पर्छ भन्नुभयो | कार्यक्रममा  सस्थाका कोशाध्यक्ष लक्ष्मी नारायण सुवाल,संचालक विकास ब्यान्जुले बोल्नु भयो | दोश्रो चरणको कार्यक्रममा  शिक्षा समितिका   कृष्ण गोपाल आचार्य , महिला उपसमितिका जगत लक्ष्मी पहिजु ,कृषि उपसमितिका कृष्ण प्रसाद आचार्य , लेखा समितिका लक्ष्मी दास बासुकला  स्वास्थ्य उपसमितिका लक्ष्मी नारायण सुवाल र अतिरिक्त क्रियाकलाप उपसमितिका  बिश्व राम सुवालले आ-आफ्नो समितिको बार्शिक कार्ययोजना  योजना प्रस्तुत गर्नु भएको थियो | 

Comments