विदेशीको सहयोगमा पार्टी, संगठन संचालन गरेको भए देश र जनताको भन्दा विदेशीको हितमा काम गर्नुपर्ने
भक्तपुर, ४ चैत । भक्तपुर जिल्ला बक्सिङ संघको नियमित भेला एवम् बैठक भक्तपुर नगरपालिकका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा लान्चाफल्चाको वर्गर हाउसमा आइतवार सम्पन्न भयो ।
प्रमुख अतिथि सुनिल प्रजापतिले विदेशीको सहयोगमा पार्टी, संगठन संचालन गरेको भए देश र जनताको भन्दा विदेशीको हितमा काम गर्नुपर्ने बताउँदै नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन बारे बोल्दै ठूला शासक पार्टीहरुले जस्तै पैसाको भरमा नभई जनताको सहयोगमा महाधिवेशन सभ्य र भव्य सम्पन्न गरेको साथै देश र जनताको हितमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरु पास गरी सम्पन्न गरेको बताउनुभयो । उहाँले राम शरण महत विश्व बैंकको कर्मचारी अर्थमन्त्री भएपछि देशको उद्योग धन्दा प्रायः निजिकरण गर्दै लगेर देशलाई परनिर्भर तर्फ धकेलेको साथै युक्रेनले पनि अमेरिकाको आडमा रुससंगको लडाईँले युक्रेनको प्राकृतिक स्त्रोत तथा खनिज प्रदार्थ अमेरिकाले हात पार्न खोजेकोबाट पाठ सिक्दै भक्तपुर नगरपालिकाले हालसम्म आत्मनिर्भर भएर नै विकास निर्माण गरेको र २०७२ सालको भुकम्पबाट क्षेति भएको सम्पूर्ण सम्पदा, मठमन्दिर, पार्टी पौवा, दरवारको पुन निर्माण जन सहभागितामा सम्पन्न गरेको साथै कोरोनाकालमा जनतको सहयोगमा अक्सिजनप्लान्ट स्थापना गरी सम्पूण नगरबासीहरुलाई निःशुल्क अक्सिजन वितरण गरेको कार्यले गर्दा उदाहरणीय नगरपालिकाको रुपमा देशका विभिन्न स्थानीय तहका प्रतिनिधिहरु अध्ययन भ्रमण र भेटघाट गर्न आई रहेको बताउनुभयो । उहाँले खेलाडीहरुले पनि देशको राजनीति बुझेर देशको लागि नै खेल्नु पर्ने र जनताको सेवा गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको घोषणापत्र अनुसार यस बर्षको अन्तरनगर जिम्नाइष्टिक प्रतियोगिता आयोजना गरेको गर्दा जनताको विश्वास जित्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले नेमकिपाको आठौं महाधिवेशनले युवा परिचालन र खेलकुद बारे नीति तथा कार्यक्रमहरु बारे जानकारी लिन र युवाहरुलाई असल इमान्दार र देश र जनताको सेवामा समर्पित खेलाडी तयार गर्न साथै खेलकुदबाट देशको नाम अन्तर्राष्ट्रिय रुपमा फैलाउन सकोस भने हेतुले कार्यक्रम गरेको बताउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले बागमति प्रदेश बक्सिङ संघ नविकरण नहुँदा खारेजको भएकोले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, हेटौडामा सदस्य सचिव भेटर तदर्थ समिति बनाउन राजनीतिक प्रतिशोध साटेर काम गर्न नहुने आफुले बताएको जानकारी दिनुभयो । उहाँले नेपाल बक्सिङ महासंघ नेपाल ओलम्पिक कमितिको कारण निलम्बनमा रहेकोले बागमति प्रदेश बक्सिङ संघको तदर्थ समिति बनाउन नमिल्ने भनि सदस्य सचिवले बागमति प्रदेशको बक्सिङ खेलाडी छनौटको लागि रामचन्द्र थापामगर, रामकृष्ण प्रजापति र अनिल प्रसाद दाहालको तीन सदस्यीय प्राविधिक समिति बनाएर काम गर्ने बताउनु भएको कुरा जानकारी दिनुभयो भने कार्यक्रम संचालन सचिव साजन लघु र धन्यवाद तुल्सीराम ग्वाछाले गर्नुभएको थियो ।