३२० औं संगीत श्रृङखला संपन्न
चैत २, २०८१, आइतबार | दिउँसो ०१:२७ बजे | 170
लतिलपुर । ललितपुरको पुल्चोकस्थित कलानिधि इन्दिरा संगीत महाविद्यालयको आयोजनामा ३२० ओ संगीत श्रृङखला संपन्न भएको छ । बहुमुखी प्रतिभा धनी डा.इन्दुल केसीको प्रमुख आतिथ्यमा एक भव्य समारोहबिच कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा सभाध्यक्ष संगीत गुरू उस्ताज मोहनप्रसाद जाशी, विशेष अतिथिद्वय भागवत व्याशाचार्य भुवन गुरू, संगीतकर्मी सत्यनारायण मानन्धर, उस्ताज गुरू धनबहादुर गोपाली, नाट्य प्रशिक्षक केपी पौडेल, रचनाकार शिव सुनुवार, गायक मनोहर केसी, वरिष्ठ संगीतकार रामचन्द्र अञ्जान साथै अन्य विभिन्न संगीत अनुरागीहरूको भव्य उपस्थितिमा गायन,(आधुनिक ,भजन ,राग )वाद्यवादनको सुमधुर प्रस्तुतिले सबैलाई मन्द्रमुग्ध बनाएको थियोे ।