भिन्तुना साकोसको अर्ध बार्सिक समिक्षा सम्पन्न
फाल्गुन २९, २०८१, बिहीबार | दिउँसो ०३:४५ बजे | 15
भिन्तुना बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा काभ्रे कोशी पारिको मुलखर्क भिमेशेन स्थानमा आ.ब.२०८१/०८२ अर्धवार्शिक समिक्षा गोष्ठी सम्पन्न भयो | कार्यक्रममा प्रमुख अतिथी नेमकिपा भक्तपुर नगर समितिका पुर्व अध्यक्ष एवं भक्तपुर नगरपालिका १५ नम्बर वडाका पुर्व वडा अध्यक्ष रबिन्द्र खर्बुजाले भिन्तुना साकोसको थप प्रगतिको शुभकामना ब्यक्त गर्दै मुलखर्क मा भिमशेन मन्दिरको स्थापना बारे चर्चा गर्नुभयो |
नेमकिपा वडा न.२ का इन्चार्ज रत्न काजी नायाभारीले स्वबियु निर्वाचन चैत्र ५ मा नेमकिपाका भात्री संगठन नेपाल क्रान्तिकारी बिद्यार्थी संघलाइ बिजयी गराउन छोरा छोरिमा प्रचार गर्न अनुरोध गर्नु भयो | वहाँले नेमकिपाको महाधिवेशनमा राष्ट्रिय तथा अन्तरास्तृय विशयमा व्यापक छलफल भएको थियो भन्नुभयो |
भिन्तुना साकोसका कोशध्यक्ष गणेश प्रसाद सुवालले संस्थाको आब २०८१/०८२ को अर्ध वार्सिक समिक्षा प्रस्तुत गर्नु भयो | साथै चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेक्राबिसंघका उम्मेदवारलाइ बिजय गराउन सहयोग गर्न अनुरोध गर्नु भयो |
संस्थापक अध्यक्ष आशकुमार कोजुले संघ
सस्थाको सिद्वान्तबाट चुकनु हिमालमा चिपलेती खेल्नु सरह हो तसर्थ सहकारिमा समश्या आउनु सहाकारी को सिद्वान्त अनुसार नचल्नु हो भनुभयो |
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण गोबिन्द सुवालले वार्शिक समिक्षा मिनि साधारणसभा हो |सदश्यहरुको हितार्थ आर्थिक ,सामाजिक सास्कृतिक गतिविधिको साथै शिपमुलक आयमुलक तालिम संचालन गरिरहेको जानकारी दिनुभयो | सस्थाका संस्थाका सचिब कृष्ण प्रसाद सुवालले संस्थापकहरु मार्ग निर्देशक हुन भन्नुभयो |