सयपत्री साकोसको अर्धवार्षिक समीक्षा सम्पन्न


फाल्गुन २८, २०८१, बुधबार | विहान १०:४८ बजे | 110


सयपत्री साकोसको अर्धवार्षिक समीक्षा सम्पन्न

भक्तपुर ः भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९ स्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष हरिगोपाल बासुकलाको अध्यक्षतामा अर्धवार्षिक समीक्षा कार्यक्रम भएको हो । सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरु, लेखा सुरीवेक्षण समिति, विभिन्न उपसमितिका सदस्यहरु, संस्थापक सदस्यहरु र कर्मचारीहरु गरी ४३ जनाको सहभागितामा कार्यक्रम भएको संस्थाले जनाएको छ । कार्यक्रममा सचिव सत्यराम थुयाजूले आर्थिक वर्ष २०८१÷८२ अन्तर्गत पौष मसान्तसम्म संस्थामा भएका संस्थागत निर्णय, कार्यान्वयन तथा गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले चालू आर्थिक वर्षका लागि संस्थाले बनाएको योजनाअनुरुप पौषसम्म भएको कार्यान्वयन र उपलब्धिको अवस्था बारे बताए । यसैगरी, कोषाध्यक्ष रामप्रसाद मचामसीले चालू आर्थिक वर्षको पौषसम्म भएको वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाले तय गरेको अनुमानित विवरण अनुसार पौष मसान्तसम्म हासिल गरेको यथार्थ विवरण पेश गरेका थिए । कार्यक्रममा संस्थाले लक्ष्यअनुसार गरेको प्राप्तिका सम्बन्धमा सहभागीहरुबीच गहन छलफल गरिएको र लक्ष्यअनुसार हासिल हुन नसकेको विषयमा आगामी असार मसान्तसम्ममा कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा घनिभूत छलफल भएको सचिव थुयाजूले बताए । 
कार्यक्रममा अध्यक्ष बासुकलाले सहकारी सिद्धान्त, संस्थाको विनियम, नीति नियमलगायतका कार्यविधिको परिधिमा रही संस्था सञ्चालन गरिएकै कारण सयपत्री साकोसले सहकारी संकटको समस्या भोग्नु नपरेको बताए । उनले संस्थाले लिएको अधिकांश लक्ष्य पूरा भएको तर केही लक्ष्य पूरा नभएको कारण तोकिएको लक्ष्य पूरा नभएको शीर्षकमा आगामी असार मसान्तसम्म पूरा गर्न समिति, उपसमितिहरु सक्रिय भएर लागिपर्ने बताए । 
यसैबीच, अर्धवार्षिक समीक्षा कार्यक्रमपछि सहकारी अध्यादेश २०८१ र नेपाल राष्ट्र बैंकद्वारा हालै जारी बचत तथा ऋण सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्डका विषयमा र सहकारीको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा अन्तरक्रिया कार्यक्रम गरियो । कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले सहजीकरण गरेका थिए । 
 

Comments