राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका टिम प्रथम


फाल्गुन २७, २०८१, मङ्गलबार | विहान ०५:४८ बजे | 135


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका टिम प्रथम

भक्तपुर । १३ औँ भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसपटक पनि भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन २४ गतेदेखि फागुन २६ गतेसम्म भएको उक्त प्रतियोतिामा भक्तपुर नगरपालिकाले ३७ स्वर्ण, १९ रजत र ३८ कास्य सहीत ९४ पदक जित्दै १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिकाको टिम प्रथम हुन सफल भएको हो । 
मध्यपुर नगरपालिकाले १५ स्वर्ण, १९ रजत र ३० कास्य सहीत ६८ मेडलका साथ उक्त प्रतियोगितामा टिम द्धितीय हुन सफल भए । त्यसैगरी चाँगुनारायण नगरपालिका १२ स्वर्ण, २५ रजत र १८ कास्यका साथ भक्तपुर जिल्ला व्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तृतीय भए । 
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँते, भलिवल, कवड्डी, उसु, तेक्वान्डो र एथलेटिक्स गरी ६ वटा खेलमा प्रतिस्पर्धा भएको थियो । 
भक्तपुर नगरपालिकाले उसु खेलमा ५ स्वर्ण, ६ कास्य र १० कास्य जितेको हो । 
त्यसैगरी भलिबल खेलको महिला र पुरुष दुवैमा स्वर्ण पदक भक्तपुर नगरपालिकाले जितेको थियो । 
एथ्लेटिक्स खेलमा भने भक्तपुर नगरपालिकाले १३ स्वर्ण, ६ रजत र ८ कास्य जित्न सफल भएको थियो । त्यसैगरी तेक्वान्डो खेलमा १० स्वर्ण, ४ रजत र ११ कास्य भक्तपुर नगरपालिका पाएको थियो । 
क्बड्डीको महिला र पुरुष दुवै खेलको स्वर्ण, १ रजत र ३ कास्य भक्तपुर नगरपालिकाले जित हासिल गरेको थियो ।
प्रतियोगिताको अन्तिम दिन चाँगुनारायण नगरपालिकाको तपा डम्फोमा भएको कराँते खेलमा ५ स्वर्ण, २ रजत र ६ कास्य भक्तपुर नगरपालिकाले जितेको थियो । 
सोही क्रममा प्रतियोगितामा विजय खेलाडीहरुलाई मेडल प्रमाणपत्र वितरण तथा नगरपालिकालाई शिल्ड वितरण कार्यक्रम सम्पन्न भयो । 
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले भक्तपुर नगरपालिकाको तर्फबाट शिल्ड ग्रहण गर्नुभएको थियो । 
सदस्य रामसुन्दर वासीका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ११ औँ, १२ औँ र यो वर्षको १३ औँ गरी भक्तपुर नगरपालिकाले लगातार तीन पटक भक्तपुर नगरपालिकाको टिम प्रथम हुन सफल भएको हो । 
रनिङ शिल्डको नियम अनुसार भक्तपुर नगरपालिकाले अब राष्ट्रपति रनिङ शिल्ड फिर्ता गर्नुपर्ने छैन् भने आयोजक टीमले अर्को वर्षको लागि नयाँ रनिङ शिल्डको व्यवस्था गर्नेछ । 

१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मेडल तालिका
खेल     भक्तपुर नगरपालिका    मध्यपुर नगरपालिका    चाँगुनारायण नगरपालिका 
    स्वर्ण    रजत    कास्य    स्वर्ण    रजत    कास्य    स्वर्ण    रजत    कास्य
उसु    ५    ६    १०    २    २    २    ५    ४    ३
भलिबल    २                २    २            
तेक्वान्डो    १०    ४    ११    १    ४    ७    १    ४    ६
एथलेटिक्स    १३    ६    ८    ९    ७    ८    २    १०    ६
कबड्डी    २    १    ३        १    १            
कराँते    ५    २    ६    ३    ३    १०    ४    ७    ३
जम्मा    ३७    १९    ३८    १५    १९    ३०    १२    २५    १८

Comments