भोलिदेखि धुलिखेलमा ङालाकेगु जात्रा


फाल्गुन २५, २०८१, आइतबार | दिउँसो १२:४९ बजे | 35


भोलिदेखि धुलिखेलमा ङालाकेगु जात्रा

भक्तपुर । भोलि सोमबारदेखि भक्तपुरको नवदुर्गाको नाच (ङालाकेगु जात्रा) काभ्रेको धुलिखेलमा पनि हुने भएको छ । जात्रा भोलि सोमबार र पर्सि मंगलबार दुई दिन चल्ने जनाइएको छ । यसअघि त्यहाँं जात्रा सञ्चालन बन्द भएको थियो । दुई पक्षवीच आपसी समझदारी बनेपछि यो वर्षदेखि त्यहाँं जात्रा सञ्चालन हुन लागेको हो ।
दुई पक्षमवीच भएको सहमति 
ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरको प्रसिद्ध लिच्छविकालीन नवदुर्गा देवगणको जात्रा हरेक वर्ष विभिन्न ठाउँमा सञ्चालन भइरहेको कुरा यहाँहरूमा जानकारी छ । मानव समाजमा आधारित नवदुर्गा भवानी देवगणको माछा समाउने (ङालाकेगु) जात्रा हुने गर्छ । संसारमा हरेक प्राणीको जन्मपश्चात् मरण स्वाभाविक हुन्छ । नवदुर्गा देवगणको जात्रामा देवगण सृष्टि, अन्नभोजन, बेलविवाह, परम्परागत भेषभूषा लगाई गीतको बोल र बाजाको तालमा नाचगान हुने गर्छ । वर्षमा आठ महिना मकुन्डोसहित विभिन्न स्थानमा जात्रा हुने गर्छ । सोही जात्रा भक्तपुर नगरमा मात्र २१ स्थानमा हुने गर्छ । काभ्रेको धुलिखेल नगरपालिकामा पनि हुन्छ । यस वर्ष फागुन २६ गते सोमबार र २७ गते मङ्गलबार दुई दिन धुलिखेलमा ङालाकेगु जात्रा हुन्छ । नवदुर्गा देवगण जात्रा सभ्य र भव्य रूपमा सञ्चालन गर्न धुलिखेल नगरपालिका, नवदुर्गा देवगणको जात्रा व्यवस्थापन समिति र नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाबिच विभिन्न विषय छलफल गरी निम्न बँुदाहरूमा सहमति भई जात्रा सञ्चालन गर्ने सम्झौता भएको छ ।
ङालाकेगु जात्रा सञ्चालन गर्न आवश्यक सम्झौताहरू ः
१. नवदुर्गा देवगण जात्रा सभ्य र भव्यरूपमा सम्पन्न गर्ने,
२. जात्रा सञ्चालन समय तालिकाअनुसार शुभारम्भ गर्ने,
३. देवगणहरूलाई खाना र व्यवस्थित वासको व्यवस्था गर्ने,
४. जात्रा सञ्चालन गर्न शान्ति सुरुक्षा र स्वयंसेवकको व्यवस्थापन गर्ने,
५. देवगणहरूबाट भक्तजनको श्रद्धाअनुसारको दक्षिणा ग्रहण गर्ने,
६. जात्रा सञ्चालन गर्न आर्थिक सहयोगको व्यवस्थापन गर्ने,
७. श्रद्धालु भक्तजनहरूको देवगण भित्याउने समय निर्धारण गर्ने,
८. देवगणहरूलाई आवश्यकताभन्दा बढी श्रद्धालुबाट घुमाउने र भोजन गर्ने व्यवस्था गर्ने ।
९. नवदुर्गा देवगणका जात्रा सम्पन्नपश्चात् नवदुर्गा मन्दिरमा क्षमापूजा र जात्राबारे सिंहावलोकन कार्यक्रमको लागि सहयोग गर्ने,
१०. धुलिखेल नगरपालिका, नवदुर्गा देवगणका जात्रा व्यवस्थापन समिति र नवदुर्गा देवगण जात्रा मन्दिर व्यवस्थापन संस्थाबिच जात्रा सञ्चालन गरी आवश्यक योजना तयारी गर्ने र गराउने ।
११. नवदुर्गा देवगण जात्रा नयाँ पुस्तामा प्रचारप्रसार गर्न सञ्चारमाध्यमबाट आवश्यक सहयोग गर्ने ।
१२. नवदुर्गा देवगण जात्रा र धुलिखेल नगरवासीबिच कुनै बाधा अड्चन नहुने गरी सञ्चालन गर्ने ।
१३. देवगणहरूको सहभागिताबारे अग्रीम जानकारी गराउने ।
१४. देवगणको जिम्मेवारी बहन गर्ने ।
१५. देवगणबिच विवादरहित जात्रा हुनुपर्ने ।
१६. देवगणबिच तथा भक्तजनमा छाडा व्यवहार गर्न नहुने ।
१७. देवगण र भक्तजनबिच सभ्य र सुसंस्कृत भाषा बोल्ने ।
१८. देवगण र श्रध्दालुबिच सन्तोषजनक कार्य गराउने ।
१९. देवगणहरूबाट आवश्यकताभन्दा बढी लोभ नगर्ने ।
२०. आर्थिक सहयोग आवश्यकताअनुसार परिमार्जित गर्ने ।
२१. अक्षयकोष व्यवस्थापन गर्ने ।
प्रथम पक्ष ः नवदुर्गा देवगण जात्रा मन्दिर व्यवस्थापन संस्था, भक्तपुर नगरपलिका ९
अध्यक्ष – बालगोपाल बनमाला
दोस्रो पक्ष ः धुलिखेल नवदुर्गा जात्रा व्यवस्थापन समिति, धुलिखेल नगरपालिका, काभ्रे
अध्यक्ष – राजेन्द्रप्रसाद श्रेष्ठ

Comments