भोलि भक्तपुरको जात्रा भरतपुरमा


2025-03-06 14:36:13

News Image

चितवन । भोलि शुक्रबार भक्तपुरको जात्रा भरतपुर चितवनमा देखाइने भएको छ । एलटिके आर्ट्स् एण्ड स्पोट्र्स एकेडेमी     (लासा) नेपालको आयोजनामा फागुन २३ गते शुक्रबार चितवनको एलटीके हवेली भरतपुर ६ देवनगरमा भैल प्याखं प्रदर्शन हुन लागेको हो । 
महाआनन्द महोत्सव २०८१ नामाकरण गरिएको कार्यक्रममा विश्वकर्मा भैल प्याखं खल भक्तपुरको मौलिक बाजा, नृत्य र कलाकारहरुसँंगको महाआनन्द महोत्सव २०८१ हुने भएको हो । 
महोत्सवका लागि भक्तपुरको च्याम्हासिंहबाट नृत्य टोली यहाँं विहीबार नै पुगिसकेको छ । ३९ जना कलाकार र पाँंच वटा परम्परागत नृत्यका लागि कलाकारहरुको टोली विहानै भक्तपुरको च्याम्हासिंहबाट प्रस्थान गरी दिउँसै चितवन पुगिसकेको हो ।  
कार्यक्रममा तीन हजार विद्यार्थीसहित लगभग पाँंच हजार दर्शकहरु रहने जनाइएको छ । यस्तोखाले कार्यक्रम चितवनमा पहिलो पटक हुन लागेको जनाइएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका माननीय कुलपति निशा शर्मा रहनुभएको छ । अतिथिहरुमा भरतपुर उपमहानगरपालिकाका प्रमुख रणु दाहाललगायको रहेको जनाइएको छ ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *