नेमकिपाको आठौं महाधिवेशन सकियो ः चार बैकल्पिकसहित ३३ सदस्यीय नयाँं कार्यसमिति सर्वसम्मत निर्वाचित 


फाल्गुन २०, २०८१, मङ्गलबार | दिउँसो १२:५१ बजे | 95


नेमकिपाको आठौं महाधिवेशन सकियो ः चार बैकल्पिकसहित ३३ सदस्यीय नयाँं कार्यसमिति सर्वसम्मत निर्वाचित 

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें (रोहित) सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीको आठौ महाधिवेशनबाट आठौ पटक उनी पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो । 
विजुक्छें ८५ वर्षका भए । २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौं महाधिवेशनसम्म उनी नै निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँंदै आएका हुन् । पार्टीको केन्द्रिय सचिवमा प्रेम सुवाल र कोषाध्यक्ष मोहनप्रसाद प्रजापति सर्वसम्मत निर्वाचित भए । 
३३ सदस्यीय केन्द्रिय सदस्यहरुमा सुनिल प्रजापति, नन्दवहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नगवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सराजेराज गोसाई, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार बैद्य, सुरेन्द्रराज गोसाई, रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैयाँं सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सृजना सैंजू, सरोजकुमार शाह, कृष्णबहादुर तामांग, मुक्ति यादव, योगेन्द्रमान विजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्रप्रकाश कार्की, खड्गराज शाही सर्वसम्मत केन्द्रिय सदस्य निर्वाचित भए । समितिमा चार जना बैकल्पिक सदस्यहरु चुनिए । उनीहरुमा मञ्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरुग रहेका छन् । 
महाधिवेशनले सात प्रदेशमा सात जना संयोजकहरु तोकिए । कोशी प्रदेशमा उकेश कवां, मधेशमा सुनिल प्रजापति, बागमतिमा प्रेम सुवाल, गण्डकीमा डिल्लीप्रसाद काफ्ले, लुम्विनीमा हरिसुन्दर बासी, कर्णालीमा सरोजराज गोसाई र सुदुरपश्चिममा नवराज कोइराला संयोजक तोकिए । महाधिवेशनमा ५० जिल्लाहरुबाट करिव तीन सय ५० प्रतिनिधि पर्यवेक्षकहरु सहभागी भएको जनाइयो । 
पार्टीको पहिलो महाधिवेशन २०४७ पौष २८,२९ र ३० गते रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो । त्यसपछि दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुरमा भएको थियो । 

Comments