समदर्शीमा संस्थापक भेला सम्पन्न


फाल्गुन १९, २०८१, सोमबार | विहान ०४:२४ बजे | 125


समदर्शीमा संस्थापक भेला सम्पन्न

भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं स्थापना दिवस (फागुन १६) को उपलक्ष्यमा संस्थापक समन्वय उपसमितिको आयोजनामा आइतबार संस्थापक भेला कार्यक्रम संस्थाको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष हरिराम लवजूले सरकारले पुष १४ गते जारि गरेको अध्यादेशमा सहकारी मुल्य मान्यता विपरित बचतको सिमा दश लाख सम्म निर्धारण गर्नु, एक ब्यक्ति एक सहकारीमा मात्र सदस्य बन्न पाउनु र दुई  पटक मात्र सञ्चालक समितिमा बस्न पाउने बुदाहरु बाहेक बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन, निरिक्षण र सुपरिबेक्षणमा टेवा पुग्ने बताउनुभयो । अध्यादेशले सहकारी क्षेत्रमा देखिएको विकृति विसंगति हट्नेमा विश्वास ब्यक्त गर्नुभयो ।  संस्थाका अध्यक्ष विश्वबहादुर दुवालले यस संस्था २३ बर्ष अगाडी १५ जनाको बचत कोषबाट सुरु गरि विधिबट रुपमा २०५९ फागुन १६ गते ५६ जना संस्थापकहरु हुने गरि संस्था स्थापना गरेको स्मरण गर्नुभयो । संस्थाले धेरै उतारचढाबहरु पार गरि आजको अवस्थाआईपुग्दै अझ सवल सक्षम भई अगाडी बढिरहेको छ । सल्लाहकार समिति संयोजक विश्वमोहन जोशीले संस्था स्थापना गर्न योगदान पु¥याउने ५६ जना संस्थापकहरु बिचको आत्मियता, सदाचारिता र विश्वसनियताको कारणले नै आज संस्था यो अवस्थासम्म पुग्न सफल भएको बताउनुभयो ।
संस्थापक समन्वय उपसमितिका संयोजक कृष्णबहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रम उपसमिति सदस्य हरिकृष्ण दुवालले कार्यक्रम सञ्चालन र सुवर्णकेशरी दुवालले स्वागत गर्नुभएको थियो । २३ औं स्थापना दिवसको अवसरमा चौथो दिनको कार्यक्रममा संस्थाका संस्थापकहरुको सम्मानमा भेला कार्यक्रम आयोजना गरिएको थियो ।

Comments