सकियो गुरु गणेश साकोसको अर्धवार्षिक समीक्षा एवं भ्रमण 


फाल्गुन १८, २०८१, आइतबार | विहान ०९:३३ बजे | 105


सकियो गुरु गणेश साकोसको अर्धवार्षिक समीक्षा एवं भ्रमण 

काभ्रेपलाञ्चोक । श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को अर्ध वार्षिक समीक्षा तथा ज्येष्ठ सदस्य धार्मिक भ्रमण कार्यक्रम मूलखर्क भिमसेन मन्दिर, भुम्लु गाँउपालिकामा एक समारोहबीच सम्पन्न भयो । उक्त कार्यक्रम संस्थाका अध्यक्ष एवं सभापति कृष्णराम कासिछ्वाले सुकुन्दामा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अतिथी सल्लाहकार रामकृष्ण प्रजापतिले ज्येष्ठ सदस्य आमाबुवा सरह भएकोले उहाँहरुको सेवा नै धर्म भएकोले पौराणिक कृतिहरु र धार्मिक कथनमा नै आमाबुवा ज्येष्ठ सदस्यहरुको सेवा गरे पुण्य कमाउन सक्ने बताउदैं कुमार र गणेशको कथामा नै आमाबुवाको सेवा गरे सुमेरुकुमेरु घुमे जतिको धर्म हुने ईतिहास रहेको बताउनु भयो । उहाँले जुन समाजमा आमाबुवा शिक्षा र असल हुन्छ उक्त समाज राम्रो हुने बताउनु भयो । जुन समाजमा आमाबुवा शिक्षित हुन्छ उक्त समाज राम्रो हुने भएकोले आमाबुवा अभिभावक शिक्षित हुनुपर्ने साथै असल ईमान्दार बन्न आफ्ना बालबालिकालाई प्रभावित बनाउँनु पर्ने बताउनु भयो । रोवर्ट ओवेन र चाल्स फुटिएको बेलाको सहकारी मूल्य मान्यता संचालन नहुदाँ सहकारीमा बेतिथी देखिएको बताउदैं २०१० सालमा भित्रिएको सहकारी ३०,००० भन्दा बढि सहकारीमा ७५ लाखभन्दा बढि सदस्य भएको र ४ खर्बभन्दा बढि निक्षेप संकलन भएकोमा सरकारी तथ्याड्ढ नै ८२ अर्व अपचलन भएको र बाह्य रुपमा हेर्दा २ अर्व अपचलन भएको बताउनु भयो । सहकारीमा ज्येष्ठ सदस्यहरुले आफ्नो भत्ता समेत सहकारीमा बचत गर्दा त्यस्ता सहकारी भाग्दा ज्येष्ठ पीरमा परेको छ । सरकारले ल्याएको २०८१ अध्यादेशले सहकारीमा सदस्य घट्ने जसले गर्दा निक्षेप घट्दा आर्थिक समस्या हुने बताउदैं ऋण माग बढि भएर ऋणमा संकट हुने भन्दैं सहकारी आन्दोलन अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।      
       कार्यक्रममा सल्लाहकार काशीलाल प्रजापति, न्हुछे भक्त कोजू,  स्वागत मन्तव्य उपाध्यक्ष श्रीप्रसाद प्रजापति, कोषाध्यक्ष तुल्सी केशरी छुजू प्रजापतिले ६ महिनाको आर्थिक प्रतिवेदन, कार्यक्रम संचालन सचिव सत्यराम ज्ञामरु, हरिकृष्ण प्रजापति, रामकृष्ण लावजू, चम्पा ज्ञामरु, सिद्धान्त प्रजापति र राजु बजिकोले बोल्नुभएको प्रबन्धक गौतम कुट्ुवाजूले जानकारी गर्नुभयो । 
 

Comments