समदर्शीमा बृहत निशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान सम्पन्न


2025-03-02 08:13:19

News Image

भक्तपुर । यस समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं स्थापना दिवस (फागुन १६) को उपलक्ष्यमा शनिबार युवा तथा खेलकुद उपसमिति र स्वास्थ्य उपसमितिको संयुक्त आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम संस्थाको प्राङ्गणमा सम्पन्न भयो ।
           बृहत निशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हरिराम लवजूले सरकारले जारि गरेको अध्यादेशका केही बुदाहरु बाहेक बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन, निरिक्षण र सुपरिबेक्षणमा टेवा पुग्ने बताउनुभयो । अध्यादेशले सहकारी क्षेत्रमा देखिएको विकृति विसंगति हट्नेमा विश्वास ब्यक्त गर्नुभयो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाको स्थापना दिवसको अवसरमा संस्थाबाट बृहत निशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सदस्यहरुको विश्वासको कारणले नै संस्था प्रगति गरेको बताउनुभयो । संस्थाका अध्यक्ष विश्वबहादुर दुवालले संस्थाका सदस्यहरुका आर्थिक समस्याहरु समाधान गर्न हर सम्भब प्रयास गरिएको बताउनुभयो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाको स्थापना दिवसको अवसरमा संस्थाबाट बृहत निशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।  
         युवा तथा खेलकुद उपसमितिका संयोजक रामबहादुर मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रम स्वास्थ्य उपसमितिका संयोजक विरेन्द्रकाजी प्रधानाङ्गले कार्यक्रम सञ्चालन र डिजनकुमार सुजखूले स्वागत गर्नुभएको थियो । २३ औं स्थापना दिवसको अवसरमा चार दिनको कार्यक्रम अन्तरगत शनिवार भएको बृहत निशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रममा करिब २५०  जना शेयर सदस्यहरु र सर्वसाधारण लाभान्वित भएका थिए । धुलिखेल अस्पताल र कमलविनायक पोलिक्लिनिकको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *