भक्तपुरको प्याखं चितवनमा देखाइने


फाल्गुन १३, २०८१, मङ्गलबार | विहान ०६:५६ बजे | 125


भक्तपुरको प्याखं चितवनमा देखाइने

भक्तपुर । एलटिके आर्ट्स् एण्ड स्पोट्र्स एकेडेमी लासा नेपालको आयोजनामा फागुन २३ गते शुक्रबार चितवनमा महाआनन्द महोत्सव २०८१ हुने भएको छ । विश्वकर्मा भैल प्याखं खल भक्तपुरे मौलिक बाजा, नृत्य र कलाकारहरुसँंगको महाआनन्द महोत्सव २०८१ हुने भएको हो । 
महोत्सवका लागि भक्तपुरको च्याम्हासिंहबाट नृत्य टोली त्यहाँं पुग्नेछन् । ४० जना कलाकार र पाँंच वटा परम्परागत नृत्यका लागि कलाकारहरुको टोली २२ गते विहानै च्याम्हासिंहबाट प्रस्थान गर्ने योजना राखिएको छ । 
कार्यक्रममा तीन हजार विद्यार्थीसहित लगभग पाँंच हजार दर्शकहरु रहने जनाइएको छ । यस्तोखाले कार्यक्रम चितवनमा पहिलो पटक हुन लागेको जनाइएको छ ।
 

Comments