गुरु गणेश साकोसको संयुक्त भेला कार्यक्रम


फाल्गुन १३, २०८१, मङ्गलबार | विहान ०६:३४ बजे | 120


गुरु गणेश साकोसको संयुक्त भेला कार्यक्रम

भक्तपुर १३, फागुण
श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा हुने आ.व. २०८१।०८२ सालको अर्ध वार्षिक समीक्षा तथा ज्येष्ठ सदस्य धार्मिक भ्रमणबारे संयुक्त भेला कार्यक्रम अध्यक्ष कृष्णराम कासिछ्वाज्यूको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले नेपाल मजदुर किसान पार्टी देश र जनताको हितमा काम गरिरहेको सबैमा सर्वविदित्तै भएको बताउँदै शोषण, अन्याय र थिचोमिचो विरुद्ध आवाज उठाइ रहेको जनताको जनजीविकाको सवाल मंहगी भ्रष्ट्राचार विरुद्ध संघर्षरत पार्टी हो भन्नुभयो । ठूलो देशले सानो देशलाई थिचोमिचो र हस्तक्षप विरुद्ध सुस्ता अतिक्रमण लगायत इजरायलले प्यालेष्टाइन माथि गरेको बर्बरता पूर्ण दमनको विरुद्ध जुलुस र सभा गर्दै शोषित पिडित जनताको पक्षमा आवाज उठाउँदै आएको पार्टीको आठौँ महाधिवेशन हुन गई रहेकोले सो पार्टीको योगदानलाई मध्येनजर गरी हामीले पनि आर्थिक नैतिक भौति सहयोग गर्नुपर्ने आवश्यकता बोध गर्नुभयो । साथै फागुन १६ गते हुने उद्घाटन ¥यालीमा बाजागाज सहित सहभागी हुन अनुरोध गर्नुभयो । 
उहाँले समुदायमा आधारित सहकारी संस्थाले सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकास्ने कार्यक्रम ल्याई समुदायको हितको निम्ती कार्य योजना हुनुपर्ने बताउनु भयो । उहाँले सहकारीको बजेत सदस्यहरुको समस्या पहिचान गरी समाधान गर्ने र निक्षेप, ऋण, शेयरपूँजी, सीपमूलक तालिम, कर्मचारी र कार्यालय ब्यवस्थापनमा पनि ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले सहकारी अध्यादेशले सहकारीमा सदस्यता घट्ने, निक्षेपमा सीमा तोक्दा आर्थिक कारोबार घट्न गई संस्थाको स्थिरता र अर्थतन्त्रमा समस्या निम्त्याउन्छ भन्नुभयो । उहाँले निक्षेपमा आर्थिकबारे केही कुरा राख्दै अर्ध वार्षिक समीक्षा कार्यक्रममा सबै उपस्थित भई सहकारीको गतिविधीबारे ध्यान दिनु पर्ने समेत बताउनु भयो । उहाँले असल र सुरक्षित लगानीको लागि कृषि, साना उद्योग, शिक्षा र स्वास्थ्य, हरित उर्जा र पर्यावरणीय परियाजनाहरु र पूर्वाधार विकासमा लगानी गर्नुपर्ने बताउनुभयो । 
 कार्यक्रममा अध्यक्ष कृष्णराम कासिछ्वा, स्वागत मन्तव्य उपाध्यक्ष श्रीप्रसाद प्रजापति, कोषाध्यक्ष तुल्सी केशरी छुजू प्रजापति र कार्यक्रम संचालक प्रबन्धक गौतम कुटुवाजूले भयो । 
 

Comments