धम्म क्वीज एप्स शुभारम्भ कार्यक्रम सम्पन्न
फाल्गुन ११, २०८१, आइतबार | विहान ०४:०२ बजे | 0
धापासी बुद्ध विहार, ललीतपुरमा पाँचौं धम्म डिजिटल दिवस, पुस्तक विमोचन तथा धम्म क्वीज एप्स शुभारम्भ कार्यक्रम अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थविरज्यूको प्रमुख आतिथ्यत्वमा सम्पन्न भयो । प्रमुख अतिथि अ.ने.भि.महासंघका अध्यक्ष भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थविर, विशेष अतिथि अ.ने.भि.महासंघका सचिब भिक्षु निग्रोध महास्थविर, सासनधर धम्मचरिया भिक्षु ञाणाबुध स्थविर र सभापति : धम्म डिजिटलका अध्यक्ष भिक्षु जनक संयुक्तरूपमा दीप प्रज्वलन गर्नु भयो । त्यस्तै ठाकुरकृष्ण उप्रेतीले अनुवादन गर्नु भएको "व्यवहारिक विपश्यना" मुल लेखक विश्व विख्यात सतिपट्ठान विपश्यनाचार्य अग्गमहापण्डित महासी सयादो द्वारा लिखित पुस्तक र बौद्ध जीवनीकार,लेखक रत्नसुन्दर शाक्य द्वारा लिखित "बौद्ध जगतका स्मरणीय व्यक्तिहरू भाग १ र २" पुस्तकहरू संयुक्त रूपमा विमोचन गर्नुभयो ।
प्रमुख अतिथि अ.ने.भि.महासंघका अध्यक्ष भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थविरज्यूले बुद्धको शिक्षा व्यवहारिक भएकोले संसारका सबैले अपनाए । बुद्ध शिक्षा अध्ययन संगै व्यवहारमा लागू गर्नु पर्ने बताउनुभयो ।
त्यस्तै विशेष अतिथि अ.ने.भि.महासंघका सचिब भिक्षु निग्रोध महास्थविर बुद्धको शिक्षा डिजिटलाज भएकोले सबैले सजिलै अध्ययन गर्न सकिने भएको बताउनु भयो ।
समिक्षक सासनधर धम्मचरिया भिक्षु ञाणाबुध स्थविरले ठाकुरकृष्ण उप्रेती द्वारा अनुवादित "व्यवहारिक विपश्यना ध्यान " को र अर्का समिक्षक: परियत्ति सधम्म कोविध लोचनतारा तुलाधरले बौद्ध जीवनीकार,लेखक रत्नसुन्दर शाक्य द्वारा लिखित "बौद्ध जगतका स्मरणीय व्यक्तिहरू भाग १ र २" पुस्तकहरूको बारेमा समीक्षा गर्नु भयो ।
अनुवादक ठाकुरकृष्ण उप्रेती र बौद्ध जीवनीकार,लेखक रत्नसुन्दर शाक्यले आ-आफ्नो कुरा राख्नु भयो ।
कार्यक्रम धम्म डिजिटलका अध्यक्ष भिक्षु जनकको सभापतित्वमा स्वागत मन्तव्य स्वयम् सभापतिले गर्नुभयो ।
धम्म डिजिटल का सदस्य सुभवती गुरूमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
soft ware designer : श्रामणेर काश्यपले धम्म क्वीज एप्स् शुभारम्भ गर्नुभयो ।
धन्यवाद ज्ञापन धम्म डिजिटलका कोषाध्यक्ष गुणकेशरी महर्जन अन्तमा पुन्यानुमोदन गरि कार्यक्रम सम्पन्न गर्नुभयो ।