बृहत् सांस्कृतिक कार्यक्रम २०८१ को आयोजना हुने


फाल्गुन १०, २०८१, शनिबार | विहान ०१:४५ बजे | 0


बृहत् सांस्कृतिक कार्यक्रम २०८१ को आयोजना हुने

नेपाल तामाङ कलाकार संघको आयोजनामा सोनाम ल्होछारको अवसर पारेर बृहत् सांस्कृतिक कार्यक्रम २०८१ को आयोजना हुने भएको छ। तामाङ समुदायको महत्वपूर्ण पर्व २८६१ (डुल सापुख्री)सोनाम ल्होछार तथा तामाङ एल्बम दिवसको अवसरमा विशेष सांगीतिक प्रस्तुतिहरूको साथमा ल्होछार समापन कार्यक्रमसमेत समावेश गरिने भएको हो।

यस कार्यक्रममा तामाङ समुदायको चर्चित तथा वरिष्ठ कलाकारहरूले आफ्ना प्रस्तुति दिनेछन्। कार्यक्रममा सहभागी कलाकारहरूमा चन्द्र कुमार मोक्तान, चन्द्र कुमार दोङ, इन्दिरा गोले गुरुङ, रोज मोक्तान, विजय लामा, प्रेम लोप्चन, जमुना योञ्जन, सुसन लामा अमृत लामा, इन्दिरा योञ्जन, तुलसा वाइवा,सन्जीव वाइवा, विश्व दोङ, उतर लामा लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिने तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तनले तेमाल अनलाइनलाई जानकारी दिएको हो।

Comments