बालबालिकाहरुको गरियो नाक, कान, घाँंटीको परीक्षण
भक्तपुर । भक्तपुरका दुई वटा सरकारी स्कुलहरुमा शुक्रबार निःशुल्क नाक, कान, घाँंटी शिविर सम्पन्न भएको छ । हनुमानघाटस्थित चण्डेश्वरी आधारभूत विद्यालय र भक्तपुर नगरपालिका वडा नं ५ क्वाछेंस्थित श्री वरदायणी आधारभूत स्कुलका ससाना छात्रछात्राहरुको लागि शिविर भएको हो ।
वल्र्ड नेवाः अर्गनाइजेशनको अगुवाईमा विभिन्न संघसंस्थाहरुको सहयोगमा शिविर भएको हो । शिविरको क्रममा विद्यार्थीहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
वल्र्ड नेवाः अर्गनाइजेशनकी उपाध्यक्ष रजनी प्रधानले थप उपचार आवश्यक छात्रछात्राहरुका लागि अस्पतालमा रिफर गरिएको जानकारी गराइन् । श्री चण्डेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापिका रीता लाखेमरुले स्कुलका प्लेग्रुपदेखि ६ कक्षासम्म दुई सय १५ विद्यार्थीले सेवा पाएको बताइन् । वल्र्ड नेवाः अर्गनाइजेशन युरोप कोअर्डिनेटर कुमार नापितले यो छैटौं शिविर भएको जानकारी गराए ।
शिविरका लागि ६ जना डाक्टर, दुई जना नर्ससहित दुई दर्जन वढी टोली सहभागी थियो । शिविर दिनभर चलेको थियो ।