भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन ः जस लिन तछाडमछाड 


फाल्गुन ८, २०८१, बिहीबार | दिउँसो १२:१८ बजे | 70


भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन ः जस लिन तछाडमछाड 

भक्तपुर । भक्तपुर अस्पतालमा सिटी स्क्यान मेशिन ल्याइएको छ । स्थापना भएको १२० वर्षपछि अस्पतालले पहिलोपटक ‘सिटी स्क्यान मेसिन’ सञ्चालनमा ल्याउने भएको छ । बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको मेसिन अस्पतालमा आइपुगेको छ ।
मेसिन अस्पतालमा आएसँगै प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले मेसिन जडान कार्यको अवलोकन गर्नुभयो । मन्त्री थापाले अस्पताल आइसकेको सिटी स्क्यान मेसिन जडान कार्य चाँडोभन्दा चाँडोे सम्पन्न गरेर सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन दिनुभयो । उहाँले सेवा विस्तारका लागिसमेत आवश्यक सहजीकरण गरिदिने प्रतिबद्धता जनाउँदै कुनै पनि सेवामा सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिनुभयो । त्यस अवसरमा मन्त्री थापा र प्रदेशसभा सदस्य श्रेष्ठले अस्पतालका विभिन्न शाखा एवं सेवाको अनुगमन गर्नुभयो । रु आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेको जनाइएको छ । यसै महिना यो सञ्चालनमा आउने जनाइएको छ ।
यता मेशिन ल्याएको जस लिन ठूला दलका नेताहरुमा तछाडमछाड चलेको छ । कांग्रेस, एमाले, माओवादीलगायतका जिल्ला नेताहरु सामाजिक सञ्जाल फेसबुकमा आआफनो फोटो राखेर जस लिन खोजेका छन् । 

Comments