नेपालमै पहिलो पटक भक्तपुरमा भजन रचना तथा संगीतकला विषयमा गोष्ठी


फाल्गुन ७, २०८१, बुधबार | विहान ११:३८ बजे | 125


नेपालमै पहिलो पटक भक्तपुरमा भजन रचना तथा संगीतकला विषयमा गोष्ठी

भक्तपुर । नेपालमै सम्भबतः पहिलो पटक बुधबार भक्तपुरमा भजन रचना तथा संगीतकला विषयमा विशेष गोष्ठी सम्पन्न भएको छ । कला संस्कृति भजन महागुठी भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीको अनुरोधमा कार्यक्रम भएको हो ।  
राष्टिय प्रजातन्त्र दिवसको अवसरमा सूर्यविनायक बाराहीस्थानमा भएको कार्यक्रमका प्रमुख अतिथि बाराहीपीठ विकास समितिका अध्यक्ष समाजसेवी अनन्त धौभडेल रहेका थिए । कार्यक्रमको सञ्चालन अनुरोधक डा इन्दुल केसीले गर्नुभएको थियो । 
कार्यक्रममा काभ्रेका हरि मञ्जुश्री, रंगकर्मी हरिबहादुर थापा, लेखक विष्णु ओली, ढुण्डीराज पोखरेल, प्रताप राना, लक्ष्मण पलिखेलसमेतले आआफनो धारणा राख्नुभएको थियो । 
कार्यक्रममा भजन गायक, लेखकलगायतका विशिष्ट महानुभावहरु उपस्थित रहेका थिए । काठमाडौ, ललितपुर, भक्तपुरसहित काभ्रेबाट पनि विशिष्ट व्यक्तित्वहरुको उत्साहजनक उपस्थिति कार्यक्रममा भएको थियो ।
 

Comments