ग्ल्याडस्टोन एकेडेमीमा एक सय २८ जनाले गरे रक्तदान


फाल्गुन ७, २०८१, बुधबार | विहान ०९:४४ बजे | 25


ग्ल्याडस्टोन एकेडेमीमा एक सय २८ जनाले गरे रक्तदान

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ८ मिलरोड बोडेस्थित ग्ल्याडस्टोन एकेडेमीद्धारा आयोजित १६ औं रक्तदान कार्यक्रममा १ सय २८ जनाले रक्तदान गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर गरिएको उक्त रक्तदानमा ५३ महिला र ७५ पुरुष सहित १ सय २८ जनाले रक्तदान गरेको उक्त कार्यक्रमका संयोजक एवं ग्ल्याडस्टोन एकेडेमीका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काले जानकारी दिनुभयो । कार्यक्रम संयोजक खड्काका अनुसार विगत १५ वर्षदेखि प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिदैं आएकोमा गतवर्ष १ सय ७ जनाले रक्तदान गरेका थिए । ग्ल्याडस्टोन समूदायमा भन्ने नाराका साथ सामाजिक जनउत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको ग्ल्याडस्टोन एकेडेमीका प्रधानाध्यापक विनोद कुमार कोइरालाले बताउनु भयो । १८ वर्ष उमेर पुरा भएका स्वस्थ युवा युवतीले प्रत्येक ३ महिनामा रक्तदान गर्न सक्ने भएकोले रक्तदान मार्फत पुण्य आर्जन गर्दै सामाजिक दायित्व अन्तर्गत रक्तदान गर्न सकिने जानकारी गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको प्रधानाध्यापक कोइरालाले बताउनु भयो । ग्ल्याडस्टोन एकेडेमीको माध्यामिक भवनमा भएको उक्त रक्तदान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, संचालक, शिक्षक कर्मचारी, अभिभावक, पूर्व विद्यार्थी, स्थानीय बासिन्दा एव सुभेच्छुकहरुले रक्तदान गरेका थिए । १६ औं रक्तदानमा उपस्थित रक्तदाताहरुको उत्साह, साथ र समर्थन देखेर आफूहरु उत्साहित भएको एवं रक्तदान मार्फत कसैको जीवन बचाउन थोरै सहयोग गर्न सकेकोमा आफू लगायत विद्यालय परिवारलाई आत्मसन्तुष्टि मिलेको पनि प्रधानाध्यापक कोइरालाले बताउनु भयो । 
 

Comments