कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित फिल्म ‘परालको आगो’ फिल्म बन्ने


2025-02-12 15:57:42

कलाकार जितु नेपालले एक नयाँ नेपाली फिल्म साइन गरेका छन् । उनले, कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुन लागेको फिल्म ‘परालको आगो’ साइन गरेका हुन् । हरिओम सिने मेकर्सकातर्फबाट निर्माता सुशील पोखरेल र कलाकार जितु नेपालले कागजी संझौता गरेका छन् ।
फिल्ममा दुई पुरुष पात्र हुनेछन् । जसमध्ये जितु एक पात्रको भूमिकामा देखिन लागेका हुन् । यो फिल्ममा नायिका सुहाना थापा फाइनल भइसकेकी छिन् । यस्तै, अर्की एक महिला कलाकार पनि चाँडै फिल्ममा अनुबन्धित हुने निर्माणपक्षले बताएको छ । चामे, गौंथली र जुठे दमाईको वरिपरी यो फिल्म घुम्नेछ । 
यो फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत रहनेछ । यो फिल्मलाई आउँदो वर्ष रिलिज गर्ने निर्माणपक्षले बताएको छ । यसपटक लोकेशन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागिएको निर्माणपक्षले बताएको छ । यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गर्दैछन् । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *